बाँकेको कोहलपुरमा इन्धन ढुवानी गर्ने ट्यांकर डिभाइडरमा ठोकिएको छ । जसका कारण ट्यांकरको इन्धन ट्यांकीबाट इन्धन चुहिएर सडकमा फैलिएको थियो । ट्यांकरले ढुवानी गरेको ट्यांकीमा भने कुनै क्षति नपुगेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
‘दुर्घटनामा सडकमा रहेको टि गार्डमा क्षति पुगेको छ, अन्य कुनै ठूलो क्षति भएन’, इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दियो ।
