(पृय पाठक, लेखक अहिले मध्यमवर्गिय क्याफेगफमा जेनजी भाषा प्रयोग गर्दै छ)
अहिले मलाई नयाँ ’किड्स’सँग गफ हान्ने एकदमै हुटहुटी चलेको छ । केही त सुन्छन्, डिस्कसनमा पनि आउँछन्, तर धेरैजसो चाहिँ ’हेभी’ बहसबाट सिधै भाग्छन् । हरेक पुस्ताको आफ्नो वाइब, चाख र सौन्दर्यको भिन्नता एकदम क्रिस्टल क्लियर देखिन्छ । बजारको नियम र अर्थ पनि ’एरा’ अनुसार फेरिँदै जान्छ ।
अस्ति एउटा सेन्सेटिभ युवाले सिधै भन्योः “अहिलेको युग लम्मेतान भाषण सुन्ने र लामा–लामा आर्टिकल वा बुक पढेर बस्ने युग नै होइन, ब्रो ! मान्छेहरू लामो फेसबुक स्टाटस त स्क्रोल गरेर छोडिदिन्छन् । एभ्रिथिङ निड्स टु बी भेरी सर्ट, भेरी सर्ट ! यो ३० सेकेन्डको टिकटक र रिल्सको क्लिपले मान्छेको दिमाग र बिहेभियर चेन्ज गरिरहेको टाइममा कसले सुन्छ तपाईंको यो लामो गफ ? कसलाई फुर्सद छ र ? सो, प्लिज, तपाईंको पालाको ओल्ड–स्कुल आइडिया हामीमाथि नलाद्नुस् न, ब्रो !“
अर्को तन्नेरीले कुरा थप्योः“लिभ इट ब्रो, जस्ट लिभ इट ! तपाईंको यो ठूला–ठूला सिद्धान्त, विचार र त्यागका कुरा आफ्नै पकेटमा राख्नुस् । बरु यो भन्नुस् न—तपाईंका आफ्नै सन्तान कहाँ छन ? के गर्दैछन? तपाईंको आफ्नो लाइफस्टाइल र बाँच्ने तरिका के हो ? तपाईंको इतिहासले आखिर के नाप्यो त ? गफ मात्र दिने हो बुढो ब्रो, युग चेन्ज गर्ने कुरा गर्ने ? युग कहाँबाट कहाँ पुगिसक्यो, तपाईं अझै त्यहीँ हुनुहुन्छ !“
म त ’सक्ड’ भएँ, अक्क न बक्क ! मैले टाइमको स्पीड बुझ्न नसकेको कुरा र यो ’जेन–जी मुभमेन्टसँग कनेक्ट हुन नसकेको ग्याप एकदम क्लियर थियो । कफी सेलाउँदै थियो, र त्यो केटाहरूको ग्याङ मलाई जिस्क्याउँदै अगाडि बढिसकेको थियो । मलाई यसले निकै चिन्तित बनायो । के साँच्चै यो संसारमा ’आइडोलोजी’को इन्ड भएकै हो त ?
ठ्याक्कै त्यही बेला मलाई फ्रान्सिस फुकुयामाको ’द इन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान’ याद आयो । शताब्दीयौंदेखि डिलिट भएका तस्बिरहरू दिमागमा रिकल हुन थाले । यो ’न्यारेटिभ कन्ट्रोल’ र नयाँ न्यारेटिभ बनाउने गेमको भित्री पाटो म गम्न थालेँ । कतै मान्छेको भित्री वासना र डार्क डिजायरलाई ब्युँझाएर, यो ’कन्जुमरिस्ट’ बजारले मान्छेलाई यस्तो रोबोट त बनाइरहेको छैन, जहाँ आमाको कोखमा रहेको बच्चादेखि श्मशानमा जल्दै गरेको लाससम्म केवल एउटा ’कस्टमर’ मात्र बनोस । उफ् । मान्छेले सोच्नै छोडिसकेको त होइन ? दिमागमा अनेक प्रश्न हिट गरिरहे ।
त्यत्तिकैमा अर्को एउटा तन्नेरी मेरो टेबलमा आयो । उसको आँखामा प्रश्न र एउटा छुट्टै जिज्ञासा थियो । उसले मेरो हिजोको स्पीचको कुरा निकाल्यो ।
मैले भनेँः “म नयाँ एरा हाँक्ने ’फ्युचर लिडर’ खोज्दैछु । आऊ, म तिमीलाई ब्रिटिस लेबर पार्टीले खोजेको टोनी ब्लेयरको स्टोरी सुनाउँछु। फ्रान्सेली क्रान्तिभन्दा ठीक अगाडि पेरिसको क्याफेमा कफी कपसँगै बहसमा उत्रिने रुसो, भोल्टेयर, मोन्टेस्क्यु र रोब्सपियरको क्रान्तिकारी किस्सा सुनाउँछु । किनभने, इतिहास न त मुर्दाहरूको कथा हो, न त यो चिहानघारीको कुनै बोरिङ यात्रा ।“
“अँ… बाई द वे, तिमी के गर्छौ नि ?“ मैले सोधेँ ।
“अंकल, म युनिभर्सिटी स्टुडेन्ट हुँ,“ उसले भन्यो, “ म स्टुडेन्ट पोलिटिक्स गर्ने भएकोले तपाईंका लेख र भाषणहरूले मलाई अलि बढी नै एट्रयाक्ट गर्छन् ।“
मैले खोजिरहेको ठ्याक्कै त्यही क्यारेक्टर भेटेँ । विचारलाई जहिले पनि एउटा ’हिरो’ र प्रवक्ता चाहिन्छ । तर यो ’आहा’ (हाइप) लाई ’थाहा’ (ज्ञान)मा कसरी कन्भर्ट गर्ने होला ? भाषा र संवाद त यो सोसाइटीलाई जोड्ने ब्रिज हुन् । संसारको एउटा कुनामा भएको एउटा इभेन्ट अर्को ठाउँको लागि इन्स्पिरेसन बन्न सक्छ, तर पावर गेमका सिपालु प्लेयरहरूले एकैपटक ’डबल गेम’ खेलिरहेका हुन सक्छन् ।
पढेलेखेको ’एजुकेटेड’ हुन त सजिलो छ, ब्रो, तर साँच्चै कन्सस र समझ भइदिन्छन् । यदि तपाईंसँग रियल पावर छ भने तपाईंले लडिरहनु नै पर्दैन । जब दुश्मनले तपाईंको ’ओजन’ बुझ्छ, ऊ तपाईंसँग सिङौरी खेल्न आउने आँटै गर्दैन। सो, बी केयरफुल, मान्छेहरूले तपाईंलाई नजिकबाट वाच गरिरहेका छन् ।
डु यु नो ? “बदला लिने भूत चढेकाहरूले सधैं दुइटा चिहान खन्नुपर्छ—एउटा दुश्मनको लागि, र अर्को आफ्नै लागि।“ यो मान्छे समाजको सबैभन्दा ठूलो भाइरस हो, जसले अरूलाई केवल ’हेट’ गर्न सिकाउँछ । यो अन्धविश्वासको पहिलो स्ट्र्याटेजी नै के हो भने, यसले मान्छेलाई यो विश्वास दिलाउँछ कि उसको लाइफको प्रब्लम यो सिस्टमको कारणले होइन, बरु उसको आफ्नै ’भाग्य’ मा लेखिएर आएको हो ।
कफीको कडा सुर्की लिँदै त्यो युवाले भन्योः “अंकलजी, आज म तपाईंलाई मजाले सुन्छु, गम्छु अनि ती कुराहरूलाई क्रस–चेक पनि गर्छु। भन्नुस् न त…“
–लुक ब्रो ! जब तिमी आँखाले मात्र हेर्छौ, तिमी केवल ’वड्र्स’ पाउँछौ; जब तिमी दिमागले हेर्छौ, तिमी ’नलेज’ पाउँछौ; जब हृदयले हेर्छौ, तिमी ’लभ’ पाउँछौ; तर जब तिमी आफ्नो सोलले हेर्छौ नि, तब तिमीले त्यो संसार देख्नेछौ जुन अरू कसैको नजरले देख्न सक्दैन ।
–पास्टको प्रोपर रिभ्यु नगरी हाम्रा बानी र ’ह्याबिट्स’ को चर्चा गर्नै सकिँदैन । तर आज हाम्रो कम्युनिस्ट मुभमेन्टले ग्लोबल लेभलमै ठूलो धक्का खाइरहेको छ । नेपालको सेन्टिमेन्ट वामपन्थी भए पनि हामीले यसलाई एउटा गौरवशाली कन्टिन्युटी दिन सकेका छैनौं । यो देखेर चिन्तित भएका रियल ’एक्टिभिस्ट’ हरूको वास्तविक कन्डिसन के हो त अहिले ?
–इतिहासको त्यो ’ग्लोरियस पास्ट’ मा उभिएर यो कचिङ्गल र समस्याग्रस्त प्रेजेन्टलाई कसरी हेर्ने, कसरी बुझ्ने र कसरी ट्याकल गर्ने ?
–सहिदहरूले आफ्नो पार्टको ड्युटी पुरा गरेर गए । पुराना लिडरहरूले यो आन्दोलनलाई यहाँसम्म ल्याए । तर यो फेरिँदै गएको ’चेन्जिङ टाइम्स’ मा आन्दोलनभित्रका फोहोर र प्रब्लमहरू पहिचान गरेर त्यसको ’डाइग्नोसिस’ र ट्रिटमेन्टमा अब केन्द्रित हुनुपर्दैन र ?
–बजारमा ’नयाँ’ बनेर आउन र नयाँ देखिनका लागि आफ्नो रोल र एप्रोच पनि त नयाँ र म्याचो नै हुनुपर्छ, होइन र?
–हराउँदै गएको ट्रस्टलाई पुनस्र्थापना गर्नु यो समयले आन्दोलनलाई दिएको सबैभन्दा ठूलो च्यालेन्ज हो, यँग ब्रो । के यो टपिकमा ओपन बहस किन नगर्ने ? “विश्वका मजदुर एक हौँ“ भन्दै हिँड्ने कम्युनिस्टहरू आज नेपालमा चाहिँ किन स–साना टुक्रामा ’फ्र्याग्मेन्टेड’ छन् त ?
म हैसियतै नभए पनि सिसियम, पिभियम देख्दा यस्तालाई बनाउने र बन्नेहरू देख्दा लाज लाग्छ । यि पोष्ट र पदीय भूमिकाले जिस्क्याईरहेको देख्दा कुरीकुरी लाग्छ । ती पोष्टले के भन्लान ? कि ती पदले नै हैसियतलाई ब्याकफायर गरेर गिज्याइरहेको त छैन् ?
कम्युनिस्ट हुनुको रियल मिनिङ र रेस्पोन्सिबिलिटी के हो ? आजको ग्लोबल पस्र्पेक्टिभ र सामाजिक अन्तरविरोधको कन्डिसन नियाल्दा हामी आफू कहाँ उभिएकाछौँ ? के एउटा नयाँ एजेन्डा र नयाँ क्याम्पेनको सुरुवात हामी जो जहाँ छौँ, त्यहीँबाट, ’राइट नाउ’ गर्न सक्दैनौँ ?
त्यो युवालाई मैले यस्तो लेभलको वैचारिक बहस छेड्ला भन्ने कल्पनै थिएन । यो क्रुर समाजले इतिहासका क्रान्तिकारीहरूसँग गरेको भद्दा मजाकको एउटा पाटो—अर्थात्, बेलायत, फ्रान्स र अमेरिकाका ३ वटा ठूला क्रान्तिका प्रवक्ता ’थमस पेन’ को गाडिएको लासप्रति क्रोकरहरूले गरेको त्यो निकृष्ट व्यवहारको कहानी जब मैले सुनाएँ, तब उसको अनुहारमा एउटा कडा आक्रोश र सरप्राइजको भाव मिक्स भएर तैरियो ।
२) प्रगतिशील रूढिवाद
हाउ इज दिस पोसिबल, ब्रो ? कसरी एउटा हाइली एजुकेटेड मान्छे यस्तो ब्लाइन्ड फेथ र अन्धविश्वासको दलदलमा फस्न सक्छ ? कसरी आफ्नो लजिकलाई जिउँदै चिहानमा पुर्न सक्छ ? अनि समाजमा घृणाको तुफान ल्याउन आफ्नै मनि, माइन्ड र टाइम इन्भेस्ट गर्न सक्छ ?
एउटा डाक्टर, टिचर वा इन्जिनियरको अगाडि कुनै पनि मान्छे आउँदा उसले हिन्दु, मुस्लिम या इसाई देख्ने होइन, बरु एउटा कम्प्लिट ’ह्युमन बिइङ’ देख्नुपर्ने हो । तर अचम्म! कसरी आस्था र रिलिजनको नाममा उनीहरू मान्छे–मान्छेबीच पर्खाल खडा गर्छन् र यो ह्युमन सोसाइटीलाई नै कुरूप बनाइदिन्छन ?
मान्छे केवल एउटा ’कन्जुमर’ वा एउटा साम्प्रदायिक जन्तुमा फेरिएको देख्दा म सक्ड छु । कसरी एउटा पब्लिक फिगर अन्धकारको बिजनेस गर्दै आफैं मानवताको मलामी जान सक्छ ? ऊ त केवल साइन्सको सपोर्टर मात्र थिएन, उसको त पहिचान नै ’साइन्सको बाटो हिँड्ने यात्री’ को रूपमा थियो । समाजमा ऊ ज्ञानकै प्रोफेसनल प्राक्टिस गर्छ । उफ् ! ऊ विचारमा कहिले ’सोसलिस्ट’ हुन्थ्यो, पछि ’डेमोक्याणर््ट’ बन्दै अहिले हातमा घण्टी झुन्ड्याएर आवेग र सेन्टिमेन्टको खेती गर्न थालेको छ । द््याट इज टोटल मेस, ब्रो!
३) फेरिए शक्तिका केन्द्र, फेरिए सौन्दर्यका न्यारेटिभ
न्यारेटिभ कन्ट्रोल गरेर ’फेक ट्रुथ’ को रजाईं गर्नेहरूको पोल आजको मोडर्न कम्युनिकेसन टेक्नोलोजीले खोलेर छताछुल्ल पारिदिएको छ। प्रविधिलाई कसैले आफ्नो मुठ्ठीमा कैद गर्न सक्दैन। यो कसैको कन्ट्रोलमा रहँदैन, तर यसले
–याद राख—भाले बास्नु र सूर्य उदाउनुबीच कुनै ’डाइरेक्ट कनेक्सन’ हुँदैन। भाले बासेन भन्दैमा सूर्य नउदाउने होइन। इरान र अमेरिकाको यो सिचुएसनले युद्धका पुराना परम्परागत सिद्धान्तहरूलाई डिमोलिस गरिदिएको छ।
–विश्वकप फुटबलको गेम चलिरहेको छ। ब्याटलफिल्ड (युद्ध मैदान) र खेल मैदानमा धेरै फरक हुन्छ, ब्रो। महाशक्ति र गेमको रियल ’हिरो’ पनि फरक हुन्छन्। हरेक खेलका आफ्नै ’रुल्स’ हुन्छन्, त्यहाँ एउटा रेफ्री हुन्छ, फल हुँदा पहेँलो र रातो कार्ड दिइन्छ ।तर ’पोलिटिक्स’ न त कुनै रुल्स हुन्छ, न त कुनै रेफ्री नै !
अहिले सत्ताधारी पार्टी रास्वपाको एउटा नयाँ पोलिटिकल गेम चल्दैछ, र यो ’पावर गेम’ को नयाँ स्टेज चितवनमा मञ्चन हुँदैछ। लेट्स सी, यो टसल कहाँ पुगेर टुङ्गिन्छ ?
