खाद्य स्वच्छता र व्यवसायिक क्षमता अभिवृद्धि गर्न होटल व्यवसायीलाई प्रशिक्षण

नेपालगन्जका होटल तथा पर्यटन क्षेत्रको सेवा गुणस्तर सुधार तथा व्यवसायीको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित आतिथ्य तथा सरसफाइसम्बन्धी तालिम सञ्चालन भएको छ ।

नेपाल पर्यटन बोर्डले होटल व्यवसायी संघ बाँके नेपालगन्जसँगको सहकार्यमा जिल्लाका ५० जना होटल तथा पर्यटन व्यवसायीहरुलाई दुई दिनसम्म तालिम आयोजना गरेको हो ।

नेपाल पर्यटन बोर्डको ‘नेपाल ः लाइफटाइम एक्सपेरियन्सेस’ अभियानसँग आबद्ध उक्त कार्यक्रमले नेपालगन्ज र बाँकेको पर्यटन उद्योगलाई थप व्यवस्थित, प्रतिस्पर्धी तथा गुणस्तरीय बनाउन योगदान पु¥याउने विश्वास आयोजकको रहेको छ ।

तालिम उद्घाटन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नेपालगन्ज होटल तथा पर्यटन व्यवसायीका लागि उर्वर रहेकाले उनीहरुको व्यवसायिक क्षमता विस्तारका लागि तालिम उपलब्धीमूलक हुने विश्वास व्यक्त गरे । उनले कैलास मानसरोवरसम्मका धार्मिक पर्यटकको चापलाई स्वागत गर्न पनि नेपालगन्ज तयार हुनुपर्ने बताए ।

लुम्बिनी र सुदूरपश्चिमको पर्यटन हबका रुपमा नेपालगन्जले विकास र विरुातर हुने अवस्थामा रहेको भन्दै त्यसका लागि व्यवसायिक क्षमता अभिवृद्धि गर्न प्रमुख अतिथि तामाङले सुझाव दिए । उनले ग्राहकलाई स्वस्थसँगै सन्तुष्ट बनाउन गुणस्तर र सरसफाइमा केन्द्रीत हुँदै ब्राण्डिङ गर्न आवश्यक रहेको औल्याए ।

कार्यक्रमका अर्का अतिथि, आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले नेपालगन्जमा होटल तथा पर्यटन व्यवसायको राम्रो सम्भावना रहेको बताए । करका विभिन्न अवसरसँगै मदिराजन्य कारोबारमा सरकारले अन्तशुल्क छुटको व्यवस्थाबारे जानकारी दिए ।

‘व्यवस्थापन आफैं सहभागी व्यवसायी तथा होटल व्यवस्थापकको क्षमता अभिवृद्धि गर्ने आयोजनाको उद्देश्य हो,’ आयोजक होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भिमलाल कंडेलले औपचारिक अध्यक्षताको आसनबाट तालिमको आवश्यकता र महत्वबारे भने, ‘म आफैपनि तालिममा सहभागी भएको छु ।’ उनले तालिमको प्रतिफल नतिजामै देखिनुपर्ने सहभागीलाई प्रतिबद्ध हुन आग्रह पनि गरे ।

अध्यक्ष कंडेलका अनुसार, आज शुक्रवारसम्म चल्ने तालिममा होटल तथा पर्यटन उद्योगसँग प्रत्यक्ष सरोकार राख्ने विविध विषयमा प्रशिक्षण दिइदैछ । ५० बढी सहभागीलाई सेवा व्यवस्थापनदेखि सरसफाइ, सुरक्षा र बजार प्रवद्र्धनसम्मका विषयमा व्यवहारिक ज्ञान प्रदान गरिने अध्यक्ष कंडेलले जानकारी दिए ।

पर्यटन विज्ञ बद्री कोइरालाले सहजीकरण गरेको औपचारिक कायक्रममा संघका निवर्तमान अध्यक्ष रंगबहादुर खड्काले पनि बोलेका थिए ।

संघका कोषाध्यक्ष एकराज पाण्डेयका अनुसार, विहीवार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख प्रशान्त पोख्रेलले खाद्य स्वच्छताका विभिन्न पक्षहरुबारे सहभागीलाई प्रशिक्षित गरे । प्रशिक्षक बद्री कोइराला, संगम कँडेल लगायतका होटल तथा पर्यटन क्षेत्रका विभिन्न विषयमा प्रशिक्षण दिएका छन् ।

तालिममा आज शुक्रवार आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख पुण्यप्रसाद न्यौपानेले कर प्रणालीका विभिन्न व्यवस्थाबारे प्रशिक्षित गर्नेछन् । भने, विभिन्न विषय विज्ञहरुले तालिममा ग्राहक सेवा, व्यक्तिगत साजसज्जा तथा स्वच्छता, खाद्य सुरक्षा र खाद्य सरसफाइ, बजार प्रवद्र्धन तथा विज्ञापनबारे प्रशिक्षण दिनेछन् ।

संघका अध्यक्ष कंडेलले फोहोर व्यवस्थापन तथा कीट नियन्त्रण प्रणाली, स्वास्थ्य तथा सुरक्षा, आपत्कालीन प्रतिकार्य, प्रचार सामग्रीको डिजाइन तथा मुद्रण, कार्ययोजना निर्माणलगायत विषय तालिममा समेटिएको बताए ।

होटल व्यवसायी संघ बाँकेका अध्यक्ष कँडेलले नेपालगन्ज पर्यटन क्षेत्रको महत्वपूर्ण गन्तव्यका रूपमा विकासको चरणमा रहेको बताए । उनका अनुसार, पर्यटनसँग जोडिएका व्यवसायलाई थप व्यावसायिक, प्रतिस्पर्धी र सेवामैत्री बनाउन दक्ष जनशक्ति आवश्यक रहेकाले तालिम आयोजना गरिएको हो ।

Exit mobile version