बाँकेमा लागुऔषध समस्याको अवस्था के हो ?
बाँके जिल्लाको हकमा कुरा गर्नुपर्दा चाहिँ लागु औषधको यहाँ अलिकति भयावह अवस्था नै हो । युजर पनि उल्लेखनीय मात्रामा छन् । युवा मात्रै नभएर अरु पनि ड्रग युजर यहाँ रहेको पाएको छु । ब्राउनसुगर खाने भनेको अलि धनाढ्य परिवारका कुलतमा फसेका छोरा, छोरीहरुले चिज हो । तर, यहाँ चाहीँ मैले के पाएको छु भने दिनभरि काम गरेर हजार रुपैयाँ कमाएर अनि पाँच सयको चाहीँ पारीपट्टी (भारत) गएर ड्रग्स खाएर आउने पनि त्यस्तो मान्छे पनि भेटियो । त्यसले गर्दा युजरहरु पनि म्याक्सिमम छन् यहाँ, अवाइलिटीको हिसाबले हेर्दाखेरि पनि अब सिमाना जोडिएको हिसाबले सजिलैसँग पारिपट्टी पाउन सक्ने र किनेर ल्याउने, ल्याएर आफू खाने अनि आफूले खर्च बनाउनलाई अर्कोलाई बेच्ने खालको त्यो एउटा टे«न्ड पनि छ ।
त्योभन्दा बाहेकको पनि सप्लाईको हिसाबले हेर्ने हो भने पनि अब यता –नेपाल) बाट चाहीँ पारी अफिमहरू जाने, गाँजाहरू जाने, त्यसपछि उताबाट चाहिँ ब्राउन सुगर लगायतका अन्य सेन्थेटिक ड्रग्सहरु आउने । त्यो ब्राउन सुगर लगायतका सेन्थेटिक ड्रगहरु यो जिल्लामा मात्रै खपत नभएर यहाँबाट दाङ पनि जाने, कर्णाली प्रदेशका विभिन्न जिल्लामा पनि यताबाट पुग्ने गरेको पाइन्छ । लागुऔषधको ट्रान्जिटको रूपमा यो बाटोहरू प्रयोग हुने एकदम भयावह अवस्था नै हो ।
नियन्त्रणका लागि प्रहरी के गर्दैछ ?
म यहाँ आएदेखि नै अभियानकै रूपमा लागु औषधलाई अलिकति विशेष प्राथमिकताको रूपमा राखेर हेरिरहेको छु । बाँकेमा हामीले लागुऔषधको केही हटस्पटहरु पनि आइडेन्टफाइ गर्यौं । जस्तो कि कुन ठाउँमा बढी सेवनकर्ताहरू भएका ठाउँ छन् त, कुन ठाउँमा बढी बेच्चे ठाउँ छ त भनि पहिचान गर्यौं । जस्तो जयसपुर भयो, बालेगाउँ भयो, यता खजुरा लगायतका ठाउँहरु पहिचान गर्यौं र विशेष अभियानकै रूपमा छुट्टै हिसाबले प्रहरी परिचालन गरेर जनचेतनामूलक कार्यक्रम पनि गर्ने, किनेर बेच्ने, त्यो ठाउँमा त्यो गाउँमा प्रवेश गर्ने, बाहिरबाट जाने, त्यहाँ गएर किनेर ल्याउने, आफू खान जाने त्यस्ता मान्छेहरूलाई हामीले नियन्त्रणमा लियौँ । त्यसले गर्दा पक्राउको समयमा सप्लाई कन्ट्रोलका हिसाबमा भन्ने हो भने पनि उल्लेखनीय मात्रामा ठूलो मात्रामा बरामद भएको छ । मान्छे पक्राउको हिसाबले हेर्यौँ भने मुद्दाको हिसाबले हेर्यौँ भने सबैभन्दा बढी मुद्दा हाम्रो जिल्लामा लागु औषधकै छ ।
यो प्रयास मात्रै चाहीँ इनअफ हो भन्ने चाहीँ मलाई लाग्दैन । किनभने सबैभन्दा ठुलो भनेको अवारनेस नै हो यसमा ।
अभियानकै रुपमा सचेतना बढ्न नसकेको हो ?
सप्लाई कन्ट्रोल, डिमाण्ड डिडक्सनका कुरा गर्दा प्रहरीले गर्ने एक्सन भनेको चाहीँ सप्लाई कन्ट्रोल मात्रै हो । डिमाण्ड डिडक्सन गृह मन्त्रालय अन्तर्गत पर्दछ । त्यसको बजेट जिल्ला प्रशासन कार्यालयमा आउने गर्दछ । त्यसका लागि अलि बढी दायित्व जिल्ला प्रशासन कार्यालयको हो । हामीसँग अवारनेसको बजेट आउँदैन ।
हामीले सामुदायिक प्रहरी सेवा केन्द्र मार्फतबाट समुदायमा पैसा खर्च नगरिकनै समुदायसँग मिलेर केही कार्यक्रम हामीले लगेका छौं । तर, त्यो फरक कुरा भयो । अवानेसको चाहीँ प्रहरीले गर्ने पनि होइन, त्यो बजेट हामीसँग आउँदैन, हामीले गर्ने सप्लाई कन्ट्रोल नै हो । सप्लाई कन्ट्रोल मात्रै इनअफ होइन डिमाण्ड डिडक्सन गर्ने कुरा सबैभन्दा ठूलो हो । राज्यको लगानी त्यसमा हुनुपर्छ भन्ने हो ।
लागुऔषध नियन्त्रणमा कसको के रोल हो ?
सचेतनाका कार्यक्रम कसले गर्ने भन्दा त संघसंस्थाकै मात्रै भर परेर भएन । राज्यको तर्फबाट पनि गरिनु पर्यो । राज्यको तर्फबाट डिमाण्ड डिडक्सनका लागि एक बर्ष कति कार्यक्रम गर्ने, सामाजिक सञ्जाल छन्, मिडियाबाट जाने हो कि, स्कुल कार्यक्रम मार्फत जाने हो कि ?
हामीले युवा लक्षित, जसले खान्छ त्यसलाई केन्द्रित भएर हेरिरहेका हुन्छौं । यो अभिभावक, शिक्षक, समाजका मान्छेहरुलाई अझ बढी सचेत बनाउनु पर्छ भन्ने मलाई लाग्छ ।
हामी कलेजमा गएर पढाउँछौँ । अब तर तिनले खाएर त त्यही घरमा जाने हुन्, त्यही समाजमा जाने हुन् नि त । अनि त्यो समाजको दायित्व चाहिँ के हो ? घर परिवारले उसलाई कसरी चिन्ने थाहा पाउने त ? यसले ड्रग्स खान्छ भने । ड्रग्स खायो भने त्यसका सिमट्रम्सहरु कस्ता कस्ता आउँदो रहेछन् ? घरको मान्छेले थाहा पाइरहेका हुँदैनन् । छोराले चाहिँ पहिला चुरोट खान्थ्यो होला, गाँजा खान्छ, त्यसपछि ड्रग्स खान थालिसक्या कुरा, कुरा चाहिँ घरको मान्छेलाई थाहा नहुनसक्छ । त्यो उहाँलाई थाहा हुन्न, त्यो व्यवहारबाट उहाँले छुटाउन सक्नुहुन्न । त्यो चाहीँ थाहा पाउने बनाउनको लागि चाहीँ परिवारका मान्छेलाई पनि अवारनेसको जरुरी छ ।
समाजका मान्छेले पनि मेरो छोराहरू त बिग्रेको छैन, मलाई के मतलब भनेर बस्यौँ भने भोलि त्यही समाजमा बसेर जोले लुकिलुकि छिपीछिपी त्यही उहाँकै छिमेकका, गाउँघरका अरू केटा बिग्रेर, केटी बिग्रेर चाहिँ जसरी जोले खाइराछ भने त्यो रोग चाहीँ सल्केको भोलि मेरै घरमा पनि आइपुग्छ । अब के गर्ने त भन्दा त्यसलाई समयमै सचेत गराउने अथवा त्यसलाई चाहिँ कानुनदायरा ल्याउन प्रहरीलाई खबर गर्र्ने हो कि !
समाजकै मान्छेले नेतृत्व लिएर अवानेसका कार्यक्रम सञ्चालन गर्ने हो कि ! स्कुलले गर्न सक्छ होला, समाजका अगुवाले गर्न सक्छन् होला ती कुराहरू अथवा हामीसँग हातेमालो गर्न सकिन्छ । समुदाय प्रहरी सहकार्य मार्फतबाट जान सकिन्छ । समग्र रूपमा यो एउटालाई मात्रै लक्षित गरेर भन्दा नि समग्र सबैले अलि बढी बुझ्नुपर्छ ।
