जुमाको नेतृत्व डा. अधिकारीलाई

जुमा स्पोर्टस् क्लब नेपालगन्ज बाँकेको शनिबार भएको दोस्रो बार्षिक साधारणसभा तथा अधिवेशनले डा. उदयराज अधिकारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

क्लबको उपाध्यक्षमा विष्णु श्रेष्ठ, कमल कार्की, सचिवमा मछिन्द्र पौडेल, सहसचिवमा रविन पौडेल, कोषाध्यक्षमा नेत्र बहादुर बञ्जारा सर्वसम्मत निर्वाचित भएको क्लबका निवर्तमान अध्यक्ष भीम बहादुर रानाभाटले जानकारी दिएका छन् ।

क्लबको सदस्यहरूमा सन्तोष बजगाई, अमृत श्रेष्ठ, कोशल पाण्डे, ज्ञानमणि अधिकारी, केशव राना, नकुल शर्मा, बलबहादुर बश्याल निर्वाचित भएका छन् ।

त्यसअघि क्लबका अध्यक्ष भीम बहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य अम्बिका काफ्ले, विशिष्ट अतिथि पूर्व प्रदेश मन्त्री कृष्णा केसी नमूना, वडा नं. २ का वडाध्यक्ष मनोज श्रेष्ठ, तत्कालीन मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओली, समाजसेवी मधुसुदन शर्मा रिजाल, कृष्ण प्रसाद श्रेष्ठ, शेमराज शाक्य, उद्योगी प्रदिप छाजेड लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा क्लबलाई सहयोग गर्दै आएका दैनिक नेपालगन्जका प्रधानसम्पादक झलक गैरे, वरिष्ठ उद्योगी प्रदिप छाजेड, व्यवसायी कृष्ण प्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो । उनीहरूसँग पूर्व मन्त्री सुरेन्द्र हमाल, वरिष्ठ व्यवसायी सञ्जय थापालाई पनि क्लबले सम्मानित गर्ने निर्णय गरेको अध्यक्ष रानाभाटले जानकारी दिए ।

क्लबका उपाध्यक्ष दीर्घराज उपाध्यायले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विष्णु श्रेष्ठले गरेका थिए ।

Exit mobile version