वडाध्यक्ष बर्माले ल्याए करोड बढीको बजेट

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष दीपककुमार वर्माले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि एक करोड बढीको बजेट प्रस्तुत गरेका छन् ।

आइतबार आयोजित वडा भेलामा १ करोड ३७ लाख १५ हजार १ सयको बजेट सिलिङ उपमहानगरबाट प्राप्त भएको जानकारी गराउँदै प्राप्त बजेटको सिलिङ परिधिभित्र रहेर वडाका आगामी योजना र कार्यक्रम तर्जुमा गर्नुपर्ने प्रस्ताव वडाध्यक्ष बर्माले गरेका हुन् ।

प्रतिनिधि सभा सदस्य मोहम्मद इस्तियाक राईले उद्घाटन गरेको वडा भेलामा वडाबासीले योजनाहरु प्रस्ताव गरेपछि सीमित बटेजका कारण सबै समेट्न नसकेको अध्यक्ष बर्माले बताए ।

Exit mobile version