दण्ड जरिमाना तिर्ने पैसाको अभावमा काराबास सजायँ भोगिरहेका एक जना भारतीय वयोवृद्ध अपराध निरोधक समितिको आर्थिक सहयोगमा रिहा भएका छन् । छिमेकी मित्र राष्ट्रभारतको उत्तर प्रदेशको बहराइच जेलमा वयोबृद्ध कैदी ८१ वर्षीय हनुमान प्रसाद चौरसियालाई २२ हजार रुपैया अर्थ दण्ड माननीय न्यायालय बहराइचमा जम्मा गरेर रिहाई गराएर परिवारको जिम्मामा लगाइएको हो ।
उत्तर प्रदेशीय अपराध निरोधक समितिका बहराइच जिल्ला उपाध्यक्ष तथा वरिष्ठ पत्रकार शेर सिंह कसौधनले दिएको जानकारी अनुसार उत्तर प्रदेशीय अपराध निरोधक समिति लखनऊ शासन, प्रशासनका साथ सामाजिक एवं धार्मिक कार्यमा समर्पित माननीय लोकप्रिय यशस्वी चेयरमैन कमलेश श्रीवास्तवको दिशा निर्देशनमा जिल्ला सचिव÷जेल विजिटर केशव कुमार मौर्य जिल्ला कारागार बहराइच जिल्ला उपाध्यक्ष शेर सिंह कसौधन, उप जिल्ला सचिव विनोद कुमार कुशवाहाको कुशल नेतृत्वमा उत्तर प्रदेश अपराध निरोधक समिति जिल्ला बहराइचको टिमद्वारा कैदीलाई रु. २२ हजार अर्थ दण्ड कैदी हनुमान प्रसाद चौरसियाका कल्लूपूर्वा थाना पयागपुर निवासी छोरा श्यामलाल चौरसियालाई जिम्मा दिइएको छ ।
करीब ७ वर्षदेखि जेलको सजायँ काट्दै आएका कैदी हनुमान प्रसाद चौरसिया पयागपुर जनपद बहराइच निवासी हुन् । उनलाई उत्तर प्रदेश अपराध निरोधक समिति रुपईडीहा नानपारा एवं बहराइचद्वारा रिहाई गराएर सकुशल उनको घर पठाउनका लागि व्यवस्था मिलाएको जिल्ला कारागार बहराइचका जेल अधिक्षक राजीव कुमार सिंहले बतांएका छन् । गरीब असहाय निरीह भएकै कारण दण्डको रकम जम्मा गर्न सकीरहेका थिएनन् । उक्त अवसरमा उत्तर प्रदेश अपराध निरोधक समिति जिल्ला सचिव÷जेल भिजिटर केशव कुमार मौर्य जिल्ला कारागार बहराइच, जिल्ला उपाध्यक्ष शेर सिंह कसौधन, जिल्ला उप–सचिव विनोद कुशवाहा, पूर्व उप–ब्लाक प्रमुख मन्त्री तेज प्रसाद वर्मा, आदर्श नगर पंचायत रुपईडीहा नगर सचिव राजीव कुमार अग्रवाल, जिल्ला संगठन मन्त्री रमेश कुमार मिश्रा, संगठन मन्त्री मोहसिन भाई मन्त्री पप्पू प्रधान ब्लाक बलहा गुलाल पूर्वा लगायतको उपस्थिति रहेको थियोे ।
