पत्रकार भण्डारी पक्राउ

कञ्चनपुर प्रहरीले फैसला कार्यान्वयनका क्रममा आज महेन्द्रनगरबाट पत्रकार खेम भण्डारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले अदालतको पैसला कार्यान्वयनका क्रममा पत्रकार भण्डारीलाई पक्राउ गरी कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराएको जानकारी दिनुभयो ।

“गाली बेइज्जतीको मुद्दामा भण्डारीलाई एक महिना सात दिन कैद, रु १२ हजार १०० जरिवाना र पीडितलाई रु एक लाख क्षतिपूर्ति भराउन आदेश भएको थियो”, प्रवक्ता रावतले भन्नुभयो, “अहिले स्वास्थ्य जाँच गरेर अदालतमा उपस्थित गरिसकेका छौँ ।”

प्रहरीले भण्डारीलाई भीमदत्त नगरपालिका–१८ कटानबाट पक्राउ गरेको हो । उहाँ विरुद्ध निर्मला पन्त हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दा  परेको थियो । कञ्चनपुर जिल्ला अदालतले गतवर्ष जेठ महिनामा भण्डारीलाई दोषी ठहर गरेको थियो ।
Exit mobile version