दराज नेपालद्वारा अग्रणी ब्रान्डहरूमा आकर्षक छुटको बहार सहित ७.७ महाबचत बजार अभियानको घोषणा

७.७ महाबचत बजार सेलका अवसरमा आयोजना हुने मेगा गिभअवे मार्फत तीन जना भाग्यशाली ग्राहकका लागि नथिंग फोन फोर ए, मोटोरोला मोटो जी९६ फाइभजी र एआई प्लस पल्स टू जित्ने सुनौलो अवसर प्रदान गरिने

नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ७.७ महाबचत बजार अभियानको आयोजना गर्ने घोषणा गरेको छ । यस अभियानमार्फत ग्राहकहरूले आकर्षक छुट, विशेष ब्रान्ड अफर, डिजिटल भुक्तानीमा छुट तथा रोमाञ्चक उपहारहरू जित्ने सुवर्ण अवसर प्राप्त गर्न सक्नुहुनेछ ।

७.७ महाबचत बजार सेल अभियान, जुलाई ६ (असार २२, २०८३)को बेलुकी ८ बजेदेखि आरम्भ हुनेछ । अभियान अवधिभर ग्राहकहरूले विभिन्न क्याटेगोरीका उत्पादनहरूमा ७५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । साथै, निःशुल्क डेलिभरी र रु. ५० लाख बराबरका भौचरहरू समेत उपलब्ध हुने कम्पनीले जानकारी दिइएको छ । उपलब्ध गरिने यी अवसरले आयोजनाको तयारीमा रहेको बृहत्त सेललाई यस सिजनकै सबैभन्दा ठूलो तथा लाभदायक किनमेल अभियानमध्ये एक बनाउने कम्पनीको दावी छ ।

ग्राहकहरूले सेल अवधिभर दराजका लोकप्रिय साझेदार ब्रान्डहरूका तर्फबाट विशेष अफरहरू पनि प्राप्त गर्न सक्नु हुनेछ । प्लाटिनम ब्राण्ड पार्टनर्स अन्तर्गत एमडब्ल्यूसी, मसलब्लेज, प्लम, हानासा तथा पिल्ग्रिमका तर्फबाट ५० प्रतिशतसम्म छुट प्रदान गरिने ब्यवस्था रहेको छ । त्यसैगरी, गोल्ड ब्राण्ड पार्टनर्स ब्राण्डहाउस, सुजुकी, कोसआरएक्स तथा एंकरका तर्फबाट ६० प्रतिशतसम्म छुट र सिल्भर ब्राण्ड पार्टनर्स एम्परस्यान्ड, मारिको, पि सेफ, फ्यानटेक तथा ¥होतोका छानिएका उत्पादनहरू ८० प्रतिशतसम्मको विशेष छुटमा उपलब्ध गरिने ब्यवस्था गरिएको छ ।

ग्राहकहरूले ब्राण्ड रश आवरको विशेष अफरको पनि लाभ लिन सक्नु हुनेछ । जुलाई ६को बेलुकी ८ बजेदेखि जुलाई ७को बिहान २ बजेसम्म सञ्चालन हुने यस विशेष अवधिमा १०० भन्दा बढी ब्रान्डका उत्पादनहरूमा ७५ प्रतिशतसम्म छुट उपलब्ध हुने जानकारी दिइएको छ ।

ग्राहकहरूको बचतलाई अझ बढाउन दराजले ईसेवासँग सहकार्य गरेको छ । ईसेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरूले ब्राण्ड रश आवर अवधिमा १२ प्रतिशतसम्म (अधिकतम रु. २००) छुट तथा नियमित किनमेल अवधिमा १० प्रतिशतसम्म (अधिकतम रु. १,०००) छुट प्राप्त गर्न सक्नु हुनेछ ।

जति धेरै किनमेल उत्तिनै ठूलो उपहार जित्ने अवसर

यस अभियानलाई थप रोमाञ्चक बनाउने उद्देश्यका साथ दराज नेपालले सेल अवधिभर विभिन्न आकर्षक गिभअवेहरू आयोजना गर्ने भएको छ । मेगा गिभअवे अन्तर्गत तीन जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत जनही एक एक थान स्मार्टफोन जित्न सक्नु हुनेछ । पुरस्कारहरूमा नथिंग फोन फोर ए, मोटोरोला मोटो जी९६ फाइभजी र एआई प्लस पल्स टू रहेका छन् ।

यसका साथै, ग्राहकहरूले फ्यानटेक, अल्टिमा र बोस्सिनी लगायतका ब्रान्डका उत्पादनहरू समावेश गरिएका दैनिक गिभअवे मार्फत पनि आकर्षक पुरस्कारहरु जित्ने अवसर प्राप्त गर्न सक्नुहुनेछ ।

दराजमा उपलब्ध कुनै पनि भुक्तानीका माध्यम प्रयोग गरी न्यूनतम रु. ५,००० बराबरको खरिद सफलतापूर्वक पूरा गर्ने ग्राहकहरू स्वतः मेगा गिभअवेको लक्की ड्रमा सहभागी हुनु हुनेछ ।

त्यसैगरी, सेल अवधिभर कम्तीमा एक पटक सफलतापूर्वक किनमेल गर्ने प्रत्येक ग्राहक दैनिक गिभअवेका लागि योग्य हुनुहुनेछन् । दैनिक विजेताहरूको घोषणा सेल अवधिभर हरेक दिन दिउँसो ३ बजे दराज नेपालको टिकटक च्यानलमार्फत प्रत्यक्ष (लाईभ) गरिने जानकारी दिइएको छ ।

अविश्वसनीय छुट, विशेष डिजिटल भुक्तानी अफर, निःशुल्क डेलिभरी तथा आकर्षक पुरस्कारहरूसहित दराजको ७.७ महाबचत बजारले यस सिजनकै सबैभन्दा ठूलो र सबैभन्दा लाभदायक अनलाइन किनमेल अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

दराज गु्रपका बारेमा :

सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ । दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बिक्रेता र उपभोक्ताहरूलाई जोड्दै आएको छ । ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेट्ने समग्र पूर्वाधारको विकास गर्दै, दराजले दक्षिण एशियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने उद्देश्य लिएको छ ।

Exit mobile version