ऊर्जामन्त्री श्रेष्ठद्वारा सिक्टाको अनुगमन

राष्ट्रिय गौरवको आयोजना भेरीगंगा नगरपालिका ११ स्थित भेरी–बबई डाइभर्सन आयोजनाको शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले निरीक्षण गर्नुहुँदै । तस्बिर हेमन्त केसी रासस

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बाँके स्थित सिक्टा सिंचाई आयोजनाको निरीक्षण एवं अनुगमन गरेका छन् ।

मन्त्री श्रेष्ठले मन्त्री श्रेष्ठले आज विद्युत बारे जानकारी लिने कार्यक्रम तय भएको बताइएको छ । 

शुक्रबार मन्त्री श्रेष्ठले भेरी–बबई डाइभर्सन आयोजनाको निरीक्षण एवं अनुगमन गरेका थिए । उनले भेरीगङ्गा नगरपालिकाको चिप्लेस्थित विभिन्न भौतिक संरचनाको अवलोकन गरेका हुन् ।

त्यसक्रममा मन्त्री श्रेष्ठले भने, “धेरैअघि नै सम्पन्न हुनुपर्ने राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजना अब थप ढिलाइ नगरी सम्पन्न गर्ने उद्देश्यका साथ आज सम्बन्धित निकाय र सरोकारवालासँग स्थलगत छलफल गरी आयोजनालाई नतिजामुखी रूपमा अघि बढाउने विषयमा आवश्यक विमर्श गरेका छौँ ।” 

आयोजना सम्पन्न भएसँगै बाँके, बर्दियाँका ५१ हजार हेक्टर जमिनमा सिँचाइ हुनुका साथै साथै ४६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाका प्रमुख हरिदत्त पौडेलले जानकारी दिनुभयो । कर्णाली प्रदेशमा विद्युत् मिटरको अभाव र सुर्खेतको लो–भोल्टेज समस्या समाधानतर्फ महत्वपूर्ण प्रगति हुने विश्वास गरिएको छ । हाल माग भएका पाँच हजार मिटरमध्ये दुई हजार थान आपूर्ति भई जडान प्रक्रिया सुरु भइसकेको जानकारी गराएको छ । बाँकी तीन हजार थान मिटर ७ दिनभित्र उपलब्ध हुने बताएको छ । 
Exit mobile version