तयार हुँदै स्वर्गीय कोइरालाको शालिक सहित पार्क

नेपालगन्ज स्थित ट्राफिक चोकमा बनाउन लागिएका स्वर्गीय सुशिल कोइरालाको शालिक सहितको पार्क निर्माण अन्तिम चरणमा पुगेको छ ।

नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्जमा विभिन्न चोकमा राखिएका शालिक र स्वर्गीय पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको शालिक सहितको पार्क छिट्टै अनावरण हुने जानकारी दिएका छन् ।

सुशील कोइरालाको सालिक स्थापना तथा पार्क निर्माणका लागि गठित उपभोक्ता समितिका संयोजक तत्कालीन संविधानसभा सदस्य मैकुलाल बाल्मिकले निर्माणकार्य अन्तिममा पुगेको जानकारी दिँदै केही अब पार्क निर्माण कार्य पुरा भएर सालिक जडान हुन लागेको बताए ।

Exit mobile version