टिप्पणी

’नेपालगन्ज उपमहानगरपालिकाभित्र बन्‍ने नयाँ घरका लागि निश्‍चित मापदण्डका आधारमा निःशुल्क नक्सा तथा डिजाइन सेवा उपलब्ध गराउन हेल्प डेस्कको स्थापना गरिनेछ।’ नेपालगन्ज उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख भएको एउटा विषय हो । यसका लागि शहरमा निर्माण हुने कस्ता खालका भवन र कति क्षेत्रफलमा निर्माण गरिने भवन अथवा कति सम्मको संख्यालाई अथवा कस्तो आर्थिक अवस्था रहेका नगरवासिलाई यो सेवा उपलब्ध गराईनेछ भन्ने कुरा चासोका साथ हेरिएको छ ।
सङ्घीय सरकारको विशेष अनुदानबाट प्राप्त रकम लक्षित वर्गका व्यक्तिलाई नवप्रवर्तनमा आधारित उद्यम विकास सिर्जना र क्षमता विकास कार्यक्रमका लागि यस वर्ष प्राप्त रकम रू. २ करोड ६९ लाख स्वीकृत प्रस्ताव बमोजिम सोही कार्यक्रममा नै खर्च गर्ने नेपालगन्ज उपमहानगरपालिका प्रस्ताव ल्याएको देखिन्छ ।

नवउद्यमीहरूलाई तालिम, परामर्श र प्राविधिक सहयोगमार्फत स्थानीय अर्थतन्त्रलाई उत्पादनशील तथा आत्मनिर्भर बनाइने उल्लेख भएको देखिन्छ तर त्यसका लागि के कस्ता मापदण्ड र प्रक्रियाहरु हुनेछन भन्ने विषयमा सार्वजनिक रुपमा सूचना उपलब्ध गराउनु पर्ने दायीत्वबोध हुन जरुरी छ ।

उपमहानगरपालिकाले नगर भित्र निर्माण भएका र निर्माण हुने सार्वजनिक भौतिक संरचना निर्माण गर्दा मुख्य बजार तथा व्यापारिक क्षेत्रमा वढदो पार्किङ्‍ग समस्या समाधानका लागि औद्योगिक तथा व्यापारिक भवन बनाउदा वेशमेण्ट पार्किङ अनिवार्य गरिने उल्लेख छ । तर त्यसका लागि ति स्थानहरुमा निरमाण भएका ढल तथा नाला निकासको अवस्था बारे जानकार रहन जरुरी देखिन्छ । बेशमेनट पार्किङ्गका लागि शहरमा बर्षाको पानीको उचित निकास नहुँदा संरचना सुरक्षित नहुने र सवारी सधान सहित तिनका प्रयोगकर्ताहरुको सुरक्षाबारे गम्भिर हुनुपर्ने छ ।

नेपालगन्ज उपमहानगरपालिबाले नगर क्षेत्रभित्र खानेपानीको रुपमा प्रयोग भईरहेका नल्का (त्गदभधभिि) को पानीको गुणस्तर परीक्षणको आवश्‍यक प्रवन्ध गरिने उल्लेख गरेको छ । यसका लागि ट्युबवेल भएका घर–घरमा यो व्यवस्था कहिले देखि कहिले सम्म लागु गरिनेछ भन्ने विषयका साथै गुणस्तर हिन भएका घरमा वैकल्पिक व्यवस्था के हुनेछ भन्ने खुलस्त पार्न जरुरी छ ।

नेपालगञ्‍जमा कार्यरत श्रमजीवि पत्रकारको पेशागत सुरक्षालाई सुनिश्‍चित गर्न पत्रकार कल्याणकारी कोषबाटसामाजिक सुरक्षाका कार्यक्रमहरु सञ्‍चालन गरिने उल्लेख गरेको नेपालगन्ज उपमहानगरपालिकाको नीति तथा कार्यक्रमले त्यसका दायरा र अवसरका लागि मापदण्ड सहित ति विषयमा सार्वजनिक रुपमा सूचना उपलब्ध गराउनुका साथै बजेटको समावेशि वितरण गर्न सक्नुपर्ने चुनौति देखिन्छ । न कि पहुँच र सिफारिसका आधारमा कोषको दूरुपयोग होस भन्ने हेक्का रहोस ।
फोहोरमला व्यवस्थापन,सडक बत्ति,इ–रिक्सा,सडक चौपाया लगाएतका विषयमा उचित व्यवस्थापनको प्रबन्ध गर्न चुकेको आलोचना व्यहोरिरहेको उपमहानगरपालिकाले स्थानीय सरोकारका रोजमर्राका विषयमा प्रभावकारी योजना कार्यान्वयन गर्न नसकिरहेको जनगुणासा कायम छन् ।शहरलाई वातावरण मैत्री र हरियाली प्रवद्र्धन गर्न थप प्रभावकारी योजना र बजेटको सुनिश्चितता आवश्यक देखिन्छ ।

नीति तथा कार्यक्रममा शहरका विभिन्न सडक छेउमा विक्रि वितरण गरिंदै आएको कृषी उत्पादनको बजारिकरण र विक्री स्थलका विषयमा उपमहानगरपालिकाले उचित प्रबन्ध गर्ने विषयलाई नजरअन्दाज गरेको देखिन्छ । स्थानीय स्तरमा उत्पादन भएका कृषी उपज र सिमापारीबाट आयात गरिएका उत्पादनलाई एउटै स्तरमा राखेर बजार प्रभावकारी बनाउन नसकिने विषयमा उपमहानगरको चासो हुनुपर्ने देखिन्छ ।

उपमहानगरपालिकाको सामाजिक तथा आर्थिक रुपले कमजोर वर्ग, समुदायका व्यक्तिलाई गरिबसँग स्थानीय सरकार कार्यक्रमको प्रभावकारिता र निष्पक्षतालाई उपमहानगरपालिकाले मजवसतका साथ कार्यान्वयन गर्नुपर्ने आवश्यकता महशुस गरिएको छ ।

सामुदायिक, संस्थागत र धार्मिक विद्यालयका शिक्षकहरूको क्षमता अभिवृद्धिसँगै निजि विद्यालयमा रहँदै आएको शुल्कका विषयमा समेत आवश्यक व्यवस्था गर्न सक्नुपर्ने देखिन्छ ।

नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम र वजेटबीच कार्यान्वय र वजेटको सुनिश्चितता महत्वपुर्ण देखिन्छ । साथै प्रभावकारी कार्यान्वयन र नीतिगत अनुगमन झनै आवश्यक रहेको देखिन्छ ।

नेपालगन्ज उपमहानगरपालिकाको गत आर्थिक वर्ष २०८१/८२ मा चालु खर्च रु.१ अर्ब १८ करोड १ लाख २८ हजार विनियोजन भएकोमा रु. १ अर्ब २ करोड ९८ लाख ३० हजार अर्थात ८७.२६ प्रतिशत खर्च भएको थियो । साथै पुँजिगत खर्च रु.५४ करोड ७७ लाख ९७ हजार विनियोजन भएकोमा ३५ करोड ९३ लाख ३३ हजार अर्थात ६५.५९ प्रतिशत खर्च भएको देखिन्छ । वित्तीय व्यवस्था तर्फ रु. ४ करोड विनियोजन भएकोमा रु. ३ करोड ८८ लाख २१ हजार अर्थात ९७.०५ प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्षमा २०८३ साल असार ५ गते सम्मको खर्चसहित चालु खर्चतर्फ विनियोजन भएको रू. १ अर्ब २१ करोड १७ लाख १० हजार मध्ये रू.९१ करोड ११ लाख ४१ हजार अर्थात ७५.१९ प्रतिशत खर्च भएको छ । पुँजीगत खर्च तर्फ रू.६१ करोड ६ लाख ८५ हजार विनियोजन भएकोमा रू. २१ करोड ४३ लाख २३ हजार अर्थात ३५.१ प्रतिशत खर्च भएको देखिन्छ । वित्तीय व्यवस्था तर्फ रू. १ करोड विनियोजन गरिएकोमा रू.९९ लाख २८ हजार अर्थात ९९.२९ प्रतिशत खर्च भएको अवस्था रहेको देखिन्छ।

Exit mobile version