नेपालगंज उपमहानगरपालिका-१४ उधौपूर्वाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० ग्राम ३ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४२ वर्षीय जसवन्त चौहान लोनिया समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय हिरिमनीया र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
