गाउँमा नक्कली खुकुरी चुरोटको गिरोह

भारतीय क्षेत्रमा अवैध रुपमा उत्पादन गरि नेपाली कुखुरी चुरोट जस्तै मिल्दोजुल्दो चुरोट अहिले गाउँमा बिक्री वितरण भइरहेको खुलेको छ ।

सुर्य टोबाको प्रालिले उत्पादन गर्ने कुखुरी चुरोट खुद्रा मुल्य प्रति बट्टा १५० रुपैया पर्ने हुँदा भारतीय नक्कली खुकुरी चुरोट प्रति बट्टा रु.१००। मा बिक्री हुँदै आएको छ ।भारतीय नक्कली चुरोट सस्तो पर्ने भएकोले उपभोक्ताले पनि खरीद गर्दै आएको ब्यवसायीहरुले बताएका छन् । यद्यपि भारतीय क्षेत्र उत्पादित नक्कली चुरोट पहिचान गर्न सजिलो छैन ।

निरन्तर चुरोट खाने ब्यक्तिहरुले मात्र पहिचान गर्न मिल्ने गरि नक्कली रुपमा उत्पादन गरिएको चुरोट गाउँमा मात्र हैन नेपालगन्ज, कोहलपुर, खजुरा र बर्दियाको गुलरिया सम्म बिक्री वितरण हुँदै आएको पाइएको छ । सिमा क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी भएपनि तस्करले सजिलै विभिन्न क्षेत्रमा नक्कली चुरोट सप्लाई गर्दै आएको खुलेको हो । सशस्त्र प्रहरी बल नरैनापुर प्रमुख डीएसपी लालसिंह विष्टले नक्कली खुकुरी चुरोट बारे सामान्य रुपमा सूचना आएको र सो विषयमा निगरानी बढाइएको बताएका छन् । यो राजश्व छलिको समेत विषय हो, डीएसपी विष्टले भने, हामी सिमाक्षेत्रमा सक्रियता पूर्वक काम गरिरहेकोले गिरोह चाँडै नियन्त्रणमा आउने सम्भावना रहेको छ ।

सिमा क्षेत्रमा हुने कुनैपनि तस्करी विरुद्ध हामी सुन्य सहशीलतामा काम गर्दैछौं, दैनिक नेपालगन्ज संग कुरा गर्दै विष्टले भने, नक्कली सामाग्री तस्करी गर्ने मात्र हैन खरीद बिक्री गर्ने ब्यक्ति वा फर्म समेत राजश्वछलिको दोषी हुन् ।नक्कली खुकुरी चुरोट भारतीय क्षेत्रबाट नरैनापुरमा खरीद बिक्री भएको सूचना पछि सिमा क्षेत्रमा सशस्त्र प्रहरीले थप सक्रियता बढाएको जनाएको छ ।

Exit mobile version