खेल, कूटनीति र सामाजिक रूपान्तरणः रङ्गशालादेखि पुस्तकालयसम्म

अमेरिकामा अहिले फिफा विश्वकप २०२६ को महाकुम्भ चलिरहेको छ । विश्वका खेलप्रेमीहरु अहिले टिभीका पर्दामा झसम्मिएका हुन्छन । टिनएजरहरुका जर्सी र गफ फुटवल केन्द्रित नै छ । आफ्नै घरेलु मैदानमा युरोपेली टोली बेल्जियमसँग अमेरिकी टिमले पराजय भोग्यो । यसैबीच, लामो समयदेखि युद्ध र प्रतिबन्धको पीडाबाट गुज्रिरहेको इरानले “शत्रु” देशको भूमिमा चमत्कारिक प्रदर्शन ग¥यो ।

यता हामी नेपालगन्जियाहरू भने शनिबार “सद्भाव यात्राः रङ्गशालादेखि पुस्तकालयसम्म” को सम्मान, बहस, कदर र अन्तरकृया मार्फत खेल र साहित्यको मेल गराई हाम्रो सद्भावको सहरलाई अझ भावनात्मक बनाउने प्रयास गर्दैछौं । खेलाडीहरुलाई समाजका नायकहरू मान्दै सम्मान गर्दै सकारात्मक सन्देश दिन सक्छन् भन्ने विश्वासका साथ यो अभियान थालनी गरिएको हो ।

फुटबल मैदानः महाशक्तिको भ्रम र अप्रत्याशित उदय

परिवर्तन संसारको शाश्वत नियम हो । समयको चक्रसँगै इतिहासका पानाहरू पल्टिइरहन्छन् र कुनै पनि साम्राज्य, शक्ति वा वर्चस्व सधैंका लागि स्थिर रहन सक्दैन । यो सत्य खेलकुदको मैदानमा होस् वा विश्व राजनीति र युद्धको रणभूमिमा, सर्वत्र लागू हुन्छ ।
इतिहासमा ब्राजिल, जर्मनी, इटाली र अर्जेन्टिनालाई फुटबलका परम्परागत महाशक्ति मानिन्थ्यो । तर क्वार्टरफाइनलतर्फ बढ्दै गरेको फिफा विश्वकप २०२६ ले देखाइरहेको छ— ‘महाशक्ति’ को ट्याग सधैं सुरक्षित हुँदैन । बेल्जियमसँग अमेरिकाको पराजय र शत्रुतापूर्ण वातावरणमा पनि इरानी खेलाडीहरूको उल्लेखनीय प्रदर्शन यसको उदाहरण हो । विशेष गरी इरानी गोलकिपर अलिरेजा बेइरानभन्द ले ७ वटा उत्कृष्ट ’सेभ’ गर्दै ग्राउन्ड लेभलको शानदार बचाउ गरे र ’म्यान अफ द म्याच’ घोषित भए । बेल्जियमलाई शून्यमा रोकेर इरानले ’क्लिन सिट’ राख्यो।
–भ्रमको अन्त्यः विगतको विरासतले मात्र जित सुनिश्चित गर्दैन ।
–नयाँ शक्तिको उदयः आधुनिकीकरण, प्रविधि र कठोर प्रशिक्षणले अफ्रिकी, एसियाली र उदीयमान राष्ट्रहरूलाई परम्परागत महाशक्तिहरूसँग प्रतिस्पर्धा गर्न सक्षम बनाइरहेको छ ।
–पाठः ९० मिनेटको खेलले इतिहास बदल्न सक्छ, कुनै पनि टोली अपराजेय हुँदैन । –राजनीतिक मञ्चः अमेरिका–इरान द्वन्द्व र शक्तिको सीमा खेलकुदको यो गतिशीलता विश्व राजनीति र द्वन्द्वमा झन् स्पष्ट देखिन्छ । अमेरिका संसारको सबैभन्दा ठूलो सैन्य र आर्थिक शक्ति हो, तर इरान जस्तो मध्यपूर्वी देशसँगको दशकौँ लामो टकरावमा उसले सोचेजस्तो सहज परिणाम पाएन । कडा प्रतिबन्ध र धम्कीका बावजुद इरानले आफ्नो अडान कायम राख्यो र एकल महाशक्तिलाई समेत समीक्षा गर्न बाध्य बनायो ।
आजको बहुध्रुवीय विश्वमा अमेरिकाको एकल वर्चस्व क्रमशः कमजोर हुँदै छ भने चीन, रुस र क्षेत्रीय शक्तिहरू (जस्तै इरान) ले आफ्नो प्रभाव बढाइरहेका छन् । पुजीँ र करपोरेट मिडियाको नियन्त्रणमा अव न्यारेटिभ कन्ट्रोल भएन ।

खेलमैदान र युद्धभूमि
फुटबल र अन्तर्राष्ट्रिय राजनीति÷युद्धबीच गहिरो समानता छः
१. अतिविश्वासको खतरा — विपक्षीलाई कम आँक्दा ठूलो मूल्य चुकाउनुपर्छ ।
२. रणनीतिक भूल — पुरानो विरासतमा मात्र अड्किएर बस्नु हुँदैन ।
३. परिवर्तनको स्वीकार — समय र प्रविधिसँगै आफूलाई बदल्न नसक्नेहरू पछाडि पर्छन् ।
नेपालीमा उखान नै छ— “जुन जोगी आए पनि कानै चिरेको” । शक्ति आउँछ, जान्छ । कोही पनि सधैं शीर्षमा रहँदैन । उदयपछि अस्त र शिखरपछि ओरालो प्रकृतिको नियम हो । २. खेलकुदः मैदानभित्रको प्रतिस्पर्धा, मैदानबाहिरको सामाजिक परिवर्तन खेलकुद केवल शारीरिक व्यायाम वा मनोरञ्जनको माध्यम होइन, यो समाज निर्माणको शक्तिशाली औजार हो । मैदानभित्र २२ जना खेलाडीले फुटबल खेल्दा वा एउटा क्रिकेट बलले दुई देशका लाखौं दर्शकलाई एकताबद्ध गर्दा, त्यसले मैदानबाहिरको समाजमा गहिरो प्रभाव पार्छ ।

समाज निर्माणको प्रक्रिया
खेलकुदले व्यक्तिमा अनुशासन, टिमवर्क, सम्मान र सहनशीलता सिकाउँछ । जब विभिन्न जाति, धर्म, भाषा र वर्गका मानिसहरू एउटै टिममा खेल्छन्, पूर्वाग्रहहरू तोडिन्छन् र सद्भाव बढ्छ । नेपालगन्जको खेल इतिहासले त्यस्तै सन्देश दिन्छ ।

नेल्सन मण्डेलाको ’रेनबो नेसन’ (१९९५)ः दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाले १९९५ को रग्बी विश्वकपलाई राष्ट्रिय एकताको प्रतीक बनाए। रङ्गभेदको घाउ बोकेको देशमा उनले श्वेत समुदायको प्रतीक मानिने ’स्प्रिङबक्स’ टिमलाई समर्थन गरे र कालो समुदायलाई पनि त्यसमा जोडे। मण्डेलाले स्प्रिङबक्सको जर्सी लगाएर मैदानमा प्रवेश गर्दा देशभित्र सद्भाव र मेलमिलापको नयाँ आधार तयार भयो ।

नेपालको सन्दर्भः नेपालमा पनि फुटबल र क्रिकेटले यस्तै भूमिका खेलिरहेका छन् । विभिन्न जातीय र क्षेत्रीय पृष्ठभूमिका युवाहरू एउटै टिममा खेल्दा राष्ट्रिय पहिचान बलियो हुन्छ । क्रिकेटले युवालाई प्रेरणा दिएको छ र ग्रामीण क्षेत्रका बालबालिकामा सपना देख्ने क्षमता बढाएका छन् । विश्वकप स.गै जर्सीवाला किशोर किशोर फुटबल सहित मैदानमा,सडकमा, निन्द्रा मारेर टिभी स्क्रिन सामने उत्तेजीत र भवनात्मक दर्शक बनेर । राजनीतिबाट उदासिन बनेको युवाशक्ति अहिले खेलप्रति आकर्षित हुँदैछ । विश्वकपमा नायकहरु कथाहरु अहिले सामाजिक सन्जालबाट तैरिदैछन । ती नायकहरु धनायढ्य वा सभ्रान्त परिवारबाट नभै सामान्य परिवार र स्वपहलमा हिरो बनेका कथाले प्रेरित गरिरहेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्धमा खेल कूटनीति
खेलकुदले युद्ध रोक्न र शान्ति स्थापना गर्न सक्छ । इतिहासका केही प्रमुख उदाहरणहरूः
–पिङ–पङ डिप्लोमेसी (१९७१)ः अमेरिका र चीनबीचको शीतयुद्धको बेला टेबल टेनिस टिमको आदानप्रदानले कूटनीतिक ढोका खोल्यो । यसले तत्कालीन अमेरिकी राष्ट्रपति निक्सनको चीन भ्रमण र सम्बन्ध सुधारको बाटो बनायो ।

–क्रिकेट डिप्लोमेसीः भारत र पाकिस्तानबीचको तनावपूर्ण सम्बन्धमा क्रिकेटले बारम्बार ’फिल गुड’ वातावरण सिर्जना गरेको छ । २०११ को मोहाली विश्वकप सेमिफाइनलमा दुवै देशका प्रधानमन्त्रीको उपस्थितिले शान्ति प्रयासलाई बल दियो ।

–फुटबल र शान्तिः नाइजेरियाको गृहयुद्ध (१९६९) का क्रममा ब्राजिलियन फुटबल लिजेन्ड पेलेको भ्रमण हुँदा केही दिनका लागि युद्धविराम गराइएको थियो ।

३. खेल कूटनीतिक प्रभावः विस्तृत विश्लेषण
खेलकूटनीति भनेको खेलकुदलाई विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धको औजारको रूपमा प्रयोग गर्नु हो। यो “सफ्ट पावर”को उत्कृष्ट उदाहरण हो, जसले औपचारिक कूटनीतिभन्दा बढी प्रभावकारी रूपमा जनता–जनताबीचको सम्बन्ध, सांस्कृतिक आदानप्रदान र विश्वास निर्माणमा मद्दत गर्छ ।
१. सैद्धान्तिक आधार र कार्यविधि
प्राचीन ग्रीसको ओलम्पिकमा “एकेचेरिया” मार्फत युद्धविराम गराइन्थ्यो । आधुनिक कालमा पियरे द कुबेर्ताँले ओलम्पिकलाई राष्ट्रहरूबीच समझदारीको माध्यम बनाए । नेल्सन मण्डेलाले भनेझैं— “खेलसँग संसार बदल्ने शक्ति हुन्छ… यसले मानिसहरूलाई यसरी एकजुट गराउन सक्छ जुन अन्य थोरै कुराले मात्र गर्न सक्छन् ।”
खेलकूटनीति मुख्यतः तीन तरिकाले काम गर्छः
–जनता–जनता कूटनीतिः खेलाडी र दर्शकबीच प्रत्यक्ष सम्पर्क स्थापित गरेर । –सांस्कृतिक आदानप्रदानः साझा मूल्य, अनुशासन र सम्मानको साझेदारी मार्फत ।
–राजनीतिक सन्देशः तनावपूर्ण अवस्थामा ‘ट्र्याक टू डायलग’को बाटो खोलेर ।
२. सकारात्मक र नकारात्मक प्रभावको सन्तुलित विश्लेषण
सकारात्मक प्रभाव चुनौती तथा नकारात्मक पक्ष
विश्वास निर्माणः औपचारिक कूटनीति असफल हुँदा खेलले मध्यस्थताको काम गर्छ।
राजनीतिक दुरुपयोगः खेललाई राष्ट्रिय प्रोपोगान्डाको माध्यम बनाउने जोखिम (जस्तै नाजी जर्मनीको १९३६ ओलम्पिक)।
जनमत निर्माणः खेलले लाखौं दर्शकलाई प्रभावित गरी सरकारलाई शान्ति प्रयासका लागि दबाब दिन्छ।
अस्थिरता र उग्र राष्ट्रवादः कहिलेकाहीं खेलले राष्ट्रवाद उत्तेजित गरेर द्वन्द्व बढाउन सक्छ।
युवा तथा समावेशीताः द्वन्द्वग्रस्त क्षेत्रमा ‘क्उयचत ायच एभबअभ’ कार्यक्रमले पूर्वाग्रह घटाउँछन्। सीमितताः खेलले मात्र दीर्घकालीन राजनीतिक समस्या (जस्तै कश्मीर, प्यालेस्टाइन) पूर्ण रूपमा समाधान गर्दैन; यो सहयोगी औजार मात्र हो ।

३. नेपालका लागि अवसर र निष्कर्ष
नेपालले फुटबल, क्रिकेट र अन्य खेलहरूमार्फत दक्षिण एसिया र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो ’सफ्ट पावर’ बढाउन सक्छ। नेपाली क्रिकेट टिमको उत्कृष्ट प्रदर्शनले राष्ट्रिय गौरव बढाएको छ र विश्वभर रहेका प्रवासी नेपालीहरूलाई एकै ठाउँमा जोडेको छ। ’खेलकुद कूटनीति’ लाई राज्यले नीतिगत रूपमै अघि सारेर छिमेकी देशहरूसँगको सांस्कृतिक र कूटनीतिक सम्बन्ध मजबुत पार्न आवश्यक छ।

बिट मार्नथाल्दाः
खेल मैदानभित्रको खेलले नियम, निष्पक्षता र सम्मान सिकाउँछ । जब यी मूल्यहरू समाजमा लागू हुन्छन्, सामाजिक सद्भाव बलियो हुन्छ । खेलाडीहरू केवल नायक होइनन्, उनीहरू समाज परिवर्तनका वाहक हुन् । हामी सबैले खेलकुदलाई विद्यालय, समुदाय र राष्ट्रिय नीतिमा प्राथमिकता दिनुपर्छ— किनकि खेलले जित मात्र होइन, सुन्दर समाज र शान्ति पनि निर्माण गर्छ ।

Exit mobile version