एन्फा निलम्बन नेपाली फुटबलकै दुर्भाग्यपूर्ण घटना : गणेश थापा

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले एन्फा निलम्बनको घटना नेपाली फुटबल इतिहासकै दुर्भाग्यपूर्ण घटना भएको बताएका छन्।

नेपालगञ्जमा जुमा स्पोर्ट्स क्लबले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष थापाले एन्फा निलम्बनबाट नेपाली फुटबलको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर परेको उल्लेख गरे। उनले यस्तो अवस्थामा सम्बन्धित पदाधिकारीहरू गम्भीर बन्नुपर्नेमा उल्टै खुसी देखिनु झन् दुःखद र दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे।

थापाले नेपाली फुटबलको विकास, सुशासन र अन्तर्राष्ट्रिय प्रतिष्ठा जोगाउन सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रम जुमा स्पोर्ट्स क्लबका अध्यक्ष डा. उदय अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा खेलकुदसँग सम्बन्धित विभिन्न विषयमा छलफल तथा विचार आदानप्रदान गरिएको थियो।

Exit mobile version