अछामी सेवा समाज बाँकेको आठौं अधिवेशन तथा साधारणसभाले पुष्कर बहादुर खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
अधिवेशनबाट उपाध्यक्षमा विष्णु बहादुर बोगटी, सरस्वती बढा, सचिवमा भुपालमान विष्ट, कोषाध्यक्षमा हर्क बहादुर बोहरा, सहसचिवमा हिरेन्द्र बहादुर खड्का निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरूमा कल्पना बोगटी, झरना थापा, केशर परियार, तारामान कुँवर, कृष्ण कुँवर, टेकराज जैसी निर्वाचित भए ।
समाजले १२ सदस्यीय कार्यसमिति निविरोध निर्वाचित गरेको हो । अध्यक्षले थप ३ सदस्य मनोनित गर्नेछन् ।
संस्थाका अध्यक्ष खड्काको अध्यक्षता भएको अधिवेशन उद्घाटन कार्यक्रमको प्रमुख अतिथ्यता समाजका सल्लाहकार नरेन्द्र बहादुर स्वाँरले गरेका थिए । कार्यक्रममा माधव पोखरेल, टेक बहादुर खड्का, टंक धामी, दिपेन्द्र जोशी लगायतले बोलेका थिए ।
