नेपालगन्जमा आज साउन सक्रान्तिदेखि देखि ‘भरोसा मेहेन्दी उत्सव २०८३’ सुरु हुँदैछ । भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा साउन महिनाको पावन अवसर पारेर यो उत्सव आयोजना गर्न लागिएको हो ।
संस्थाको कार्यालय परिसरमा आयोजना हुने यो विशेष उत्सव साउन १ गतेदेखि ८ गतेसम्म चल्ने आयोजक भरोसाका प्रमुख कार्यकारी अधिकृत तेजबहादुर रावलले जानकारी दिए । स्थापनाकाल देखिनै मेहन्दी उत्सव मनाउँदै आएको भरोसाले आयोजना गरेको यो संस्करणपनि भव्य आयोजना गरिने भएको हो ।
‘नेपाली संस्कृतिमा साउन महिना र मेहेन्दीको विशेष महत्त्वलाई मध्यनजर गर्दै महिला दिदीबहिनीहरूका लागि यो कार्यक्रम ल्याइएको हो,’ रावलले दैनिक नेपालगन्जसँग भने । संस्थाका अनुसार, मेहेन्दी उत्सव प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ ।
