जिल्ला प्रहरी कार्यालय, नेपालगन्ज बाँकेले भूमि प्रशासन कार्यालय परिसरभित्र सेवाग्राहीलाई दुःख–हैरानी दिने कार्यमा संलग्न १५ जनालाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेको भूमि प्रशासन कार्यालय परिसरमा सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी दिई विभिन्न गतिविधिमा
संलग्न रहेका १५ जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिएका छन् ।
