आगामी भदौ १ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा प्रजातान्त्रिक उद्योग ब्यवसायी संघ बाँकेले सञ्जय थापालाई उम्मेदवार बनाउने भएको छ । प्रजातान्त्रिक उद्योग ब्यवसायी संघ बाँकेले आफ्ना अध्यक्षलाई नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरेको बताइन्छ ।
प्रजातान्त्रिक उद्योग ब्यवसायी संघ बाँकेले थापालाई अध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको संघका सल्लाहकार ललित रौनियारले जानकारी दिएका छन् ।
अध्यक्ष पदका उम्मेदवार बनाउने निर्णय गरिएका थापा क्यान बाँकेका पूर्वअध्यक्ष तथा लायन्स लिडरको रुपमा सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका छन् ।
प्रजातान्त्रिक उद्योग ब्यवसायी संघले अध्यक्ष बाहेक पदाधिकारी र सदस्यको टुंगो भने केहीदिन भित्रमा लगाउने जनाएको छ । संघको निर्वाचनमा अध्यक्षसहित १७ जना निर्वाचित हुने ब्यवस्था छ ।
उम्मेदवारको टुंगो लागेपछि संक्षिप्त प्रतिक्रिया दिदैँ थापाले नेपालगन्ज उद्योग वाणिज्य संघलाई असल अभिभावकीय नेतृत्व दिन आफू नेतृत्वमा आउने खोजेको बताएका छन् ।
