जिल्ला प्रहरी कार्यालय बाँकेले गत असार महिनामा अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ ।
प्रहरीका अनुसार उक्त अवधिमा कुल २ सय १६ वटा मुद्दा दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौंरले जघन्य अपराधका ११, गम्भीर प्रकृतिका ५८ र सामान्य अपराधका १ सय ४७ वटा मुद्दा दर्ता भएका हुन् ।
प्रहरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १६ वटा मुद्दामा १४ जना पक्राउ तथा आर्थिक अपराधसम्बन्धी ५४ वटा घटना दर्ता भएका भएको जानकारी दिएको छ ।
त्यसैगरी, चालु मुद्दाका १ सय ५७ जना प्रतिवादी पक्राउ परेका छन् भने सार्वजनिक चासो रहेका ५४ वटा पेन्डिङ मुद्दाको सफल अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।
यस अवधिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी १ वटा मुद्दा समेत दर्ता गरिएको छ ।
