जिल्ला प्रहरी कार्यालय बाँकेले गत असार महिनामा अदालतबाट सजाय तथा जरिवाना तोकिएर फरार रहेका ९२ जना प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीबाट ४५ वर्ष ३ महिना २३ दिन कैद सजाय कार्यान्वयन गरिएको छ । साथै उनीहरूबाट रु. ४७ लाख १० हजार ३५१ बिगो तथा क्षतिपूर्ति रकम समेत असुल गरिएको जनाएको छ ।
