हराएका ५० जना फेला परे

जिल्ला प्रहरी कार्यालय बाँकेमा गत असार महिनामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ८२ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये ७८ वटा उजुरी फछ्र्योट भएको र ४ वटा उजुरी फछ्र्योट हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पीडित तथा पीडकको उमेर समूहका आधारमा गरिएको तथ्याङ्क विश्लेषणमा १८ देखि २५ वर्ष उमेर समूहका ४७ जना र २६ देखि ३९ वर्ष उमेर समूहका ५० जना रहेको देखिएको छ ।

यसै अवधिमा हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमध्ये ३७ महिला, २० बालिका र ६ बालक हराएको विवरण प्रहरीमा दर्ता भएको थियो । खोजतलासका क्रममा ३० महिला, १५ बालिका र ५ बालक फेला पारिएको प्रहरीले जनाएको छ । हालसम्म ७ महिला र ५ बालिका भने फेला पर्न बाँकी रहेका छन् ।

घरेलु हिंसातर्फ असार महिनाभर ५२ वटा झैँ–झगडासम्बन्धी उजुरी दर्ता भएका छन् । तीमध्ये ४९ वटा घटनामा मिलापत्र गराइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Exit mobile version