बचत फिर्ता माग गर्दै मंगलबार समस्याग्रस्त कर्णाली डेभलममेन्ट बैंकको नेपालगन्ज स्थित कार्यालय अगाडि पीडितहरुले प्रर्दशन गरेका छन् ।
विभिन्न जिल्लाबाट आएका पीडितहरुले लामो समय हुँदा पनि आफुहरुको बचत रकम फिर्ता नदिएको भन्दै बैंक विरुद्ध नाराबाजी गरेका थिए ।
कर्णाली डेभलपमेन्ट बैंकको मुद्दा हाल उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा चलिरहेको छ । जसमा १ सय ९ जना विरुद्ध हालिएको छ ।
यसअघि पनि बचतकर्ताले बैंक अगाडि तथा नेपाल राष्ट्र बैंक अगाडि धर्ना, प्रदर्शन गरेका थिए ।
हाल राष्ट्र बैंकको तीन जनाको टोलीले कर्णाली डेभलपमेन्ट बैंक सञ्चालन गरिरहेका छन् । ‘संस्था खारेज गर्दा धेरै राष्ट्र बैंकलाई समस्या हुन्छ र निक्षेपकर्तालाई मर्का पर्छ’, बैंकका प्रतिनिधिले पीडितहरुलाई सम्बोधन गर्दै भने, ‘कसरी राहत दिन सकिन्छ निक्षेपकर्तालाई त्यसबारे पनि छलफल गरिरहेका छौं, प्रक्रिया अगाडि बढेको छ ।
