जिल्ला प्रशासन कार्यालय बाँकेगत बैशाखदेखि असार मसान्तसम्म १२ जनाको नागरिकता रद्द गरेको छ । प्रशासनले उक्त अवधीमा २ हजार ९ सय ४२ ले बंशज, २ सय ७६ ले वैवाहिक अंगिकृत, ७४ ले अंगिकृत र ३ जनाले एनआरएन नागरिकता लिएको प्रशासनले सार्वजनिक गरेको छ ।
अभद्र व्यवहारका ९२ मुद्दा
बाँकेमा गत आ.व.को पछिल्लो तीन महिनामा अभद्र व्यवहारका ९२ मुद्दा दर्ता भएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक गरेको गत बैशाखदेखि असारमसान्तसम्मको विवरण अनुसार, उक्त अवधीमा अभद्र व्यवहारका ९२ मुद्दा फस्र्यौट गरिएको छ ।
१० हजार बढीले लिए राष्ट्रिय परिचय पत्र
जिल्ला प्रशासन कार्यालय बाँकेमा पछिल्लो तीन महिनामा १० हजार बढीले राष्ट्रिय परिचय पत्र बनाएका छन् । विभिन्न कार्यका लागि अनिवार्य गरिएपछि १० हजार २ सय ७० जनाले राष्ट्रिय परिचय पत्र बनाएका हुन् ।
