चुनावी तयारीमा उद्योग वाणिज्य संघ

आगामी भदौ १ हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि सदस्यता नविकरण अवधी सकिएको हो ।

नयाँ सदस्यता वितरण यसअघि नै रोकिएकोमा पुरानो सदस्यता नविकरण अवधी पनि शनिवार सकिएको हो ।

नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवि ओलीले सदस्यता नविकरण शनिबार सकिएको जानकारी दिए ।

‘नविकरण भएका सदस्यको ठेली संघमा बुझाइएको छ, अब इन्ट्रि पछि कुल व्यवसायीको मतदाता संख्या एकिन हुन्छ’, उनले
भने ।

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा प्रजातान्त्रिक उद्योग व्यवसायी संघले सञ्जय थापालाई अध्यक्ष पदमा उम्मेदवार बनाउने यसअघि सार्वजनिक गरिसकेको छ ।

त्यस्तै समावेशी साझा समूहबाट चिरञ्जीवि ओलीको नाम अध्यक्ष पदमा चर्चामा रहेको छ । यद्यपी ओलीको नाममा औपचारिक घोषणा भने गरिएको छैन ।

संघको निर्वाचनमा अध्यक्षसहित १७ जना निर्वाचित हुने ब्यवस्था छ । संघको कार्यासमितिले आगामी साउन ३१ गते साधारण सभा र भदौं १ गते निर्वाचन गर्ने निर्णय गरेको
छ ।
संघले निर्वाचन घोषणा गरेसँगै आकांक्षीहरुले उम्मेदवारीका लागि आ–आफु आवद्ध संगठनमा छलफल तिव्र पारेका छन् ।

Exit mobile version