त्रिभुवन चोकमा अर्काे सालिक

नेपालगन्जका सबैजसो चोकमा क्षतिग्रस्त सालिक पुनःनिर्माण गरिएपछि राजा त्रिभुवनको सालिक पनि नयाँ बनाइने भएको छ । लोकतान्त्रिक आन्दोलनमा क्षतिग्रस्त भएर राजावादीहरुले दबाबपूर्ण पुनःस्थापना गरेको उक्त सालिक नयाँ बनाउन नेपालगन्ज उप–महानगरपालिकाले अग्रसरता लिएको हो ।

‘दशैं अगाडीनै त्रिभुवन चोकमा नयाँ आकर्षक सालिक पुनःस्थापनासहित चोकको सौन्दर्यकरण गरिनेछ,’ नगर प्रमुख प्रशान्त विष्टले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि बजेट पनि व्यवस्था गरिसकिएको छ ।’ उनले सालिकसँगै चोकको सुन्दरतालाई पनि उपमहानगरपालिकाले ध्यान दिने बताए ।

Exit mobile version