लुम्बिनी प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयले आर्थिक बर्ष २०८३/०८४ का लागि प्रदेशका १२ जिल्लाका लागि १ हजार ३ सय बढी स्वास्थ्यका कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । प्रदेशको बार्षिक कार्यक्रम अनुसार, लुम्बिनीमा १ हजार ३ सय १९ वटा स्वास्थ्यका कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।
प्रदेश सरकारले बाँकेका ८० बढी स्वास्थ्यका कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरेको छ । बाँकेमा विभिन्न स्वास्थ्यका ८५ कार्यक्रमका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।
भेरी अस्पताल मार्फत महिला बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार कार्यक्रमका लागि ५ लाख, स्वास्थ्य कार्यालय बाँके मार्फत निजी तथा सामुदायिक अस्पतालहरूको सञ्चालन अनुमति, नविकरण, अनुगमनका लागि १ लाख, कुष्ठरोग निवारणका लागि छाला शिविर सञ्चालनका लागि चार लाख, सुरक्षित मातृत्व अभियान मातृ तथा बाल मृत्युदर न्यूनीकरणका लागि एक करोड रूपैयाँ लगायतका स्वास्थ्य कार्यक्रमका लागि बजेट प्रदेश सरकारले विनियोजन गरेको हो ।
दोस्रो आवधिक योजनाको लक्ष्य ः लुम्बिनीलाई चुनौती
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक कार्यक्रममा समेटेका दोस्रो आवधिक योजना आर्थिक वर्ष २०८०÷०८१–२०८५÷०८६ का सूचकहरूले प्रदेशले केही क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि अधिकांश प्रमुख सामाजिक तथा आर्थिक लक्ष्य हासिल गर्न अझै ठूलो प्रयास आवश्यक रहेको देखाएका छन् । उक्त तथ्यांक दोस्रो आवधिक योजनाको हालसम्मको उपलब्धि र योजना अवधिको अन्तिम लक्ष्यका आधारमा प्रस्तुत गरिएको हो ।
तथ्यांक अनुसार प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर आ.व. २०८१÷०८२ मा ४.०५ प्रतिशत रहेको छ भने योजना अवधिको अन्त्यसम्म ७.१६ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । त्यसैगरी निरपेक्ष गरिबी २४.३५ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ।
रोजगारी सिर्जना पनि सरकारको प्राथमिकतामा रहेको देखिन्छ । बेरोजगारी दर ८.१ प्रतिशत रहेकामा यसलाई ५ प्रतिशतमा झार्ने तथा श्रमशक्ति सहभागिता दर ३८.५ प्रतिशतबाट ५० प्रतिशतमा पु¥याउने लक्ष्य निर्धारण गरिएको छ । यस्तै प्रतिव्यक्ति आय १ हजार १ सय ७२ अमेरिकी डलरबाट बढाएर १ हजार ५ सय ४८ अमेरिकी डलर पु¥याउने लक्ष्य छ ।
मानव विकाससँग सम्बन्धित सूचकमा पनि सुधारको लक्ष्य राखिएको छ । मानव विकास सूचकाङ्क ०.५६३ बाट ०.६१० तथा लैङ्गिक विकास सूचकाङ्क ०.८८६ बाट ०.९०१ पु¥याउने योजना छ । साक्षरता दर ७८.०८ प्रतिशतबाट ९८ प्रतिशत तथा जन्मदाको औसत आयु ६९.५ वर्षबाट ७३ वर्ष पु¥याउने लक्ष्य तय गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रतिहजार जीवित जन्ममा ४१ बाट घटाएर २२ मा झार्ने लक्ष्य राखिएको छ । शिक्षातर्फ माध्यमिक तह (कक्षा ९–१२) को कुल भर्नादर ८३.९ प्रतिशतबाट ९० प्रतिशत पु¥याउने योजना छ ।
आधारभूत सेवाको पहुँच विस्तारमा पनि महत्वाकांक्षी लक्ष्य निर्धारण गरिएको छ । खानेपानी सुविधा पुगेका घरपरिवार ९२.८ प्रतिशतबाट शतप्रतिशत पु¥याउने, विद्युत सेवा पुगेको जनसंख्या (सौर्य ऊर्जासहित) ९८.३२ प्रतिशतबाट शतप्रतिशत बनाउने लक्ष्य छ । त्यस्तै सिँचित क्षेत्र ५४.२२ प्रतिशतबाट ७० प्रतिशत तथा ३० मिनेटको दूरीभित्र पक्की सडकको पहुँच भएको जनसंख्या ६५
