नेपाल आयल निगम नेपालगन्जले अघिल्लो महिना असार भन्दा साउनमा ग्याँसको आयात बढी भएको जानकारी दिएको छ ।
आयल निगमका अनुसार, गत असार महिना भरी ३ हजार ३ सय ३६.७१ मेट्रिकटन ग्याँस आयात भएको छ । १ मेट्रिकटनबाट १ हजार २ सय ५० सिलिण्डर रिफिल हुने गरेको ।
नेपाल आयल निगम नेपालगन्ज कार्यालय प्रमुख अजित कुमार पोखरेलले असारमा आएको ग्याँस मध्ये भेरी ग्याँस उद्योगको १ हजार ८ सय ९१.२ मेट्रिकटन, मनकामना ग्याँस उद्योगको ९ सय २४.५३ मेट्रिकटन, राप्ती ग्याँस उद्योगको ६ सय ३३.६४ मेट्रिकटन र नेपाल ग्याँस कर्णालीको १ सय ८६.७१ मेट्रिकटन रहेको जानकारी दिएको ।
आयल निगमका अनुसार साउन १८ गतेसम्म ३ हजार ५ सय मेट्रिकटन ग्याँस आयात भैसकेको छ । जसमध्ये भेरी ग्याँस उद्योगको १ हजार ९ सय ७९.३४ मेट्रिकटन, मनकामना ग्याँस उद्योगको ६ सय ४०.३१ मेट्रिकटन, राप्ती ग्याँसको ६ सय ७०.०१ मेट्रिकटन, नेपाल ग्याँस कर्णालीको २ सय २६.४९ मेट्रिकटन रहेको छ ।
साउन १९ गते मंगलबार ग्याँसका थप ९ वटा बुलेट भारतबाट भित्रिएका छन् । जसमा भेरीको ६ वटा, राप्तीको १ वटा र मनकामनाको २ वटा रहेका छन् । एउटा ग्याँस बुटेलमा १८ मेट्रिकटनसम्म ग्याँस ढुवानी हुने गरेको छ ।
‘साउन १९सम्मको ग्याँस आयात हेर्ने हो भने अघिल्लो महिना असार जति पुगिसकेको छ’, नेपाल आयल निगम नेपालगन्जका प्रमुख पोखरेलले भने ।
