दैनिक जीवनमा बढ्दो व्यस्तता र दौडधुपसँगै मानसिक तनावसमेत बढ्दै गएपछि नेपालगन्जमा राजयोग अभ्यासमार्फत तनाव व्यवस्थापन र आत्मिक शक्तिको जागृतिबारे बुधवार विशेष प्रशिक्षण आयोजना गरिएको छ ।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपालगन्जको आयोजना तथा अछामी सेवा समाज बाँकेको सहकार्यमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । आध्यात्मिक जागृतिको अभियानमा ५० वर्षदेखि सक्रिय ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले मानसिक शान्ति, आत्मिक चेतना र तनाव व्यवस्थापनसँग जोडिएका विषयमा प्रशिक्षण दिएको हो ।
प्रशिक्षणमा राजयोगको अभ्यासलाई दैनिक जीवनमा कसरी प्रयोग गर्ने भन्ने विषयमा सहभागीलाई जानकारी गराइएको छ । राजयोगमार्फत व्यक्तिभित्र रहेका आन्तरिक शक्तिको पहिचान र जागरण गर्न सकिने विषयमा प्रशिक्षण केन्द्रित रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा श्रीमद् भगवद् गीता ज्ञानका आधारमा आत्मा दर्शनबारे समेत चर्चा गरिएको थियो। आत्माको स्वरूप, परमात्मा शिव दर्शन र कर्म दर्शनलाई प्रशिक्षणको अर्को महत्वपूर्ण विषयका रूपमा समेटिएको थियो। सहभागीलाई जीवनमा आइपर्ने तनाव र त्यसको व्यवस्थापनका उपायबारे पनि अभ्याससहित जानकारी दिइएको थियो।
व्यस्त दैनिकीका कारण मानिसमा मानसिक अशान्ति र तनाव बढिरहेको अवस्थामा आत्मिक चेतना र सकारात्मक सोच आवश्यक रहेको प्रशिक्षणका क्रममा जोड दिइएको थियो। राजयोगको अभ्यासले मनलाई स्थिर राख्न, आन्तरिक शक्तिलाई बुझ्न तथा चुनौतीपूर्ण परिस्थितिमा आफूलाई संयमित राख्न सहयोग पुग्ने विषयमा प्रशिक्षण दिइएको थियो।
आयोजकका अनुसार, पछिल्लो समय मानिसको जीवनशैली अत्यधिक व्यस्त बन्दै गएको छ। काम, पारिवारिक जिम्मेवारी र सामाजिक दबाबका कारण मानसिक शान्तिको आवश्यकता बढेको छ। यही अवस्थालाई ध्यानमा राखेर प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागीलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी राजयोग अभ्याससँग जोडिएको अनुभवसमेत गराइएको थियो। आत्मा र परमात्माबीचको सम्बन्ध, कर्मको प्रभाव तथा तनाव व्यवस्थापनका विषयलाई दैनिक जीवनसँग जोडेर बुझाउने प्रयास गरिएको आयोजकले जनाएको छ।
५० वर्षदेखि आध्यात्मिक जागृतिको क्षेत्रमा सक्रिय ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रले नेपालगन्जमा पनि विभिन्न गतिविधिमार्फत आत्मिक चेतना र सकारात्मक जीवनशैलीका विषयमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। पछिल्लो प्रशिक्षण पनि सोही अभियानको निरन्तरताका रूपमा आयोजना गरिएको हो।
अछामी सेवा समाज बाँकेको सहकार्यमा भएको कार्यक्रमले मानसिक शान्ति र तनाव व्यवस्थापनसँगै आत्मिक जागरणका विषयलाई समुदायस्तरमा पु¥याउने उद्देश्य राखेको आयोजकले जनाएको छ ।
