नाइस नेपालगन्जमा भट्ट

नाइस नेपालगन्जको अध्यक्षमा हेमराज भट्ट पुनः निर्विरोध निर्वाचित भएका छन् । संस्थाको बुधबार भएको चौथो अधिवेशनले भट्टको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा शोभा थापा मगर चयन भएकी छन् । सचिवको जिम्मेवारी माधव कुमार कार्कीले पाएका छन् । सहसचिवमा राष्टि बुढा मगर र कोषाध्यक्षमा रमिता शाह चयन भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यमा शुद्ध प्रसाद चौधरी, मिना घर्ती मगर, ज्योती बुढा र खुस्मुना ढपाली चयन भएका छन् । अधिवेशनबाट सबै पदाधिकारी तथा सदस्य निर्विरोध चयन भएका हुन् ।

अधिवेशनकै अवसरमा नाइस नेपालगन्जका कार्यसमिति सदस्य मन भण्डारी गैरसरकारी संस्था महासंघ बाँकेको अध्यक्षमा निर्वाचित भएको तथा संस्थाका शुभचिन्तक शिव कुमार वर्मा सदस्यमा निर्वाचित भएकोमा बधाई दिइएको थियो । उनीहरूलाई संस्थाका तर्फबाट सम्मान पत्रसमेत प्रदान गरिएको थियो ।

चौथो अधिवेशनसँगै नाइस नेपालगन्जले आगामी कार्यकालका लागि नयाँ नेतृत्व पाएको छ । सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको संस्थाले नयाँ कार्यसमितिमार्फत आफ्ना गतिविधिलाई निरन्तरता दिने जनाएको छ ।

Exit mobile version