नेपालगन्ज उद्योग वाणिज्य उद्योग संघको आसन्न निर्वाचनका लागि तीन वटा व्यवसायिक संगठनहरुले शुक्रबार सहमतिमा उम्मेदवार सार्वजनिक गरेका छन् ।
जस अनुसार, अध्यक्षमा चिरञ्जीवि ओली, उद्योग उपाध्यक्षमा कमल कुमार कार्की, वाणिज्यको उपाध्यक्षमा विष्णु प्रसाद श्रेष्ठ, महिला उपाध्यक्ष रुपा ओझा (सानु), महासचिवमा विष्णु श्रेष्ठ, उपमहासचिव पदमा शिव दाहाल, कोषाध्यक्ष टिकामणि उपाध्याय उम्मेदवार बन्नेछन् ।
सदस्यमा सन्तोष पौडेल, अतुल गुप्ता, शरद अधिकारी, शरद रिजाल, शैयद जहाँगिर मुसमान, टोप बहादुर थापा, आदित्य गुप्ता, नन्दराम जैसी, चाँदबाबु अन्सारी र नगेन्द्र शाही उम्मेदवार बन्नेछन् ।
एशोसिएसट तर्फ अब्दुल वाहिद अन्सारी, राजिव तलंगा उम्मेदवार बन्नेछन् । सम्बद्ध सदस्यतर्फ फणाधर भण्डारी, सुरेश जंग बंजारा उम्मेदवार बन्नेछन् ।
अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवि ओली नेतृत्वको समूहले अध्यक्ष, कोषाध्यक्ष, वरिष्ठ सदस्य १, खुला सदस्य ४, एशोसिएट सदस्य २, वस्तुगत सदस्य १, मनोनित सदस्य २ गरी १२ पद पाएका छन् ।
त्यस्तै, प्रजातान्त्रिक उद्योगी, व्यवसायी संघले उपाध्यक्ष वाणिज्य, उपाध्यक्ष महिला, उपमहासचिव, खुला सदस्य ४, महिला सदस्य १ गरी ८ पद पाएका छन् ।
त्यस्तै, नेपाल उद्योग तथा वाणिज्य महासंघ सम्बद्ध कमल कार्कीको नेतृत्वको समूहले उपाध्यक्ष उद्योग, महासचिव, खुला सदस्य ३, वस्तुगत सदस्य १, महिला सदस्य १ गरी ६ पद पाएका छन् ।
संघमा प्रभाव राख्ने तीन संगठन बीच सहमति भएपनि शुक्रबार मनोनयन दर्ताको दिन अन्य व्यवसायीहरुले पनि मनोनयन फाराम लिएर दर्ता गर्ने बताएका छन् ।
