बोटलर्स नेपालले कोका–कोला, स्प्राइट र फान्टाका ७५० मि.लि. (PET) प्याक रु. १०० मा उपलब्ध गराउँदै आफ्नो किफायती पेय पदार्थ पोर्टफोलियो विस्तार गरेको छ। यस पहलमार्फत कम्पनीले आफ्ना पेय पदार्थहरू नेपालभरका उपभोक्तामाझ अझ सहज र पहुँचयोग्य बनाउने प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाएको छ।
यस नयाँ पोर्टफोलियोको नेतृत्व स्प्राइटले गरेको छ। परिवार तथा साथीभाइसँग सहज रूपमा बाँडेर पिउन मिल्ने, किफायती र मूल्यअनुकूल शेयरिङ प्याक सार्वजनिक गर्दै कम्पनीले उपभोक्तालाई थप सुविधा र छनोट प्रदान गरेको छ।
यो नयाँ पोर्टफोलियो धनगढीस्थित सिद्धार्थ ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो। कार्यक्रममा बोटलर्स नेपालका प्रबन्ध निर्देशक अजय चनबसप्पा कोनाले, नेपाली अभिनेता तथा स्प्राइटका ब्रान्ड एम्बासडर धिरज मगर, हास्यकलाकार बीटी कान्छा, कर्णाली र सुदूरपश्चिम प्रदेशका डिलरहरू, सञ्चारकर्मी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
नयाँ ७५० मि.लि. पीईटी प्याकको सुरुवातले उपभोक्तालाई किफायती मूल्य, सहजता र थप विकल्प उपलब्ध गराउने कम्पनीको निरन्तर प्रयासलाई झल्काउँछ। परिवार र साथीभाइसँग घरमै रमाइला क्षणहरू बिताउँदा सँगै बाँडेर पिउन उपयुक्त यी नयाँ प्याकहरूले कम मूल्यमा बढी मूल्यको अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ। साथै, यसले नेपालका दुर्गम क्षेत्रहरूमा पनि कम्पनीका स्पार्कलिङ पेय पदार्थको पहुँच विस्तार गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
यस अवसरमा बोटलर्स नेपालका प्रबन्ध निर्देशक अजय चनबसप्पा कोनालेले भन्नुभयो,
“बोटलर्स नेपालमा हाम्रा सबै निर्णयको केन्द्रमा उपभोक्ता छन्। कोका–कोला, स्प्राइट र फान्टाका ७५० मि.लि. पीईटी प्याक रु. १०० मा उपलब्ध गराउनु भनेको उपभोक्तालाई उत्कृष्ट मूल्य, सहजता र थप छनोट प्रदान गर्ने हाम्रो प्रतिबद्धताको निरन्तरता हो। परिवारसँग घरमै गुणस्तरीय समय बिताउँदा वा साथीभाइसँग रमाइलो क्षण साझा गर्दा यो नयाँ शेयरिङ प्याक अझ ताजगीपूर्ण अनुभव दिलाउन तयार गरिएको हो। सुदूरपश्चिम क्षेत्र हाम्रो लागि महत्त्वपूर्ण बजार हो, र यस विस्तारमार्फत अझ धेरै उपभोक्ताले आफ्ना मनपर्ने पेय पदार्थ किफायती मूल्यमा सहज रूपमा साझेदारी गर्न सक्नेछन्।”
कार्यक्रममा बोल्दै नेपाली अभिनेता तथा स्प्राइटका ब्रान्ड एम्बासडर धिरज मगरले भन्नुभयो,”स्प्राइटले सधैं ताजगीपूर्ण अनुभवमार्फत मानिसहरूलाई एकआपसमा जोड्ने काम गर्दै आएको छ। कोका–कोलाको किफायती पेय पदार्थ पोर्टफोलियो विस्तारसँग जोडिएको यस विशेष अवसरको हिस्सा बन्न पाउँदा म अत्यन्त खुसी छु।
नेपालभरका उपभोक्ताले नयाँ ७५० मि.लि. शेयरिङ प्याकलाई आत्मसात् गर्दै परिवार र साथीभाइसँग यसको आनन्द लिनुहुनेछ भन्ने विश्वास लिएको छु।”
कार्यक्रममा हास्यकलाकार बीटी कान्छाको मनोरञ्जनात्मक प्रस्तुति पनि रहेको थियो, जसले समारोहलाई अझ उत्साहपूर्ण बनाएको थियो। साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका डिलरहरूको निरन्तर सहकार्यको सम्मान गर्दै उनीहरूलाई कार्यक्रममा सहभागी गराइएको थियो। उनीहरूको सहकार्यले कोका–कोला, स्प्राइट र फान्टाको उपलब्धता यस क्षेत्रमा अझ व्यापक बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको कम्पनीले जनाएको छ।
बोटलर्स नेपालबारे
बोटलर्स नेपाल नेपालमा द कोका–कोला कम्पनीको आधिकारिक बोटलिङ साझेदार हो। कम्पनीले विश्वप्रसिद्ध पेय पदार्थ ब्रान्डहरूको उत्पादन तथा वितरण गर्दै देशभर फैलिएको सशक्त वितरण सञ्जालमार्फत नेपाली उपभोक्तासम्म आफ्ना उत्पादनहरू पुर्याउँदै आएको छ।
