अर्यालको उम्मेदवारी फिर्ता, कार्की निर्विरोध

नेपालगञ्ज उद्योग वाणिज्य संघमा उद्योगतर्फ उम्मेदवारी दिएका लोकेन्द्र अर्यालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

अर्यालले उम्मेदवारी फिर्ता लिएसँगै अर्का उम्मेदवार कमल कार्की निर्विरोध भएका छन्।

वाणिज्य तर्फको उपाध्यक्ष पद यसअघि नै निर्विरोध भइसकेको छ।⁷

संघको निर्वाचन आयोगमै भदौ ६ गते हुँदैछ। तीन संगठनले सहमतिमा उम्मेदवारी उठाए पनि कार्कीले छुट्टै उम्मेदवारी दर्ता गराएका थिए

आज साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय छ। थप एक सदस्यले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जानकारी दिएको छ

 

Exit mobile version