अध्यक्ष उम्मेदवार दाहालले गठन गरे सचिवालय

सर्वसम्मत नेतृत्वको पहलमा पूर्व अध्यक्षहरु लागिरहँदा त्यसको विरुद्ध निर्वाचनमा उत्रिएका ध्रुब प्रसाद दाहालले निर्वाचन अभियानलाई औपचारिकता दिएको बताएका छन् । त्यसका लागि मंगलवार भएको भेलाले होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भिमलाल कंडेलको संयोजकत्वमा सचिवालय गठन गरिएको हो ।

‘छिट्टै पत्रकार सम्मेलन गरि हाम्रा ऐजेन्डा सार्वजनिक गर्ने तयारी छ,’ अध्यक्ष पदका उम्मेदवार दाहालले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि सचिवालयले काम शुरु गरिसकेको छ ।’

सचिवालयका संयोजक कंडेलले साधारणसभामा आफ्ना ऐजेन्डा लैजानु पहिलो प्राथमिकता भएको जानकारी दिंदै दैनिक नेपालगन्जसँग भने, ‘त्यसपछिमात्रै निर्वाचनका लागि तिब्रदा दिइनेछ ।’ उनले वर्तमान कार्यसमितिले गरेका अबैधानिक क्रियाकलापको भण्डाफोडनै आफु्हरुको प्राथमिकता भएको बताए ।

Exit mobile version