राष्ट्रिय सिंचाइ तथा जल उपभोक्ता महासंघ नेपाल बाँकेको ५ औं अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
संघका भद्रप्रसाद देवकोटाको अध्यक्षतामा भएको साधारणसभाले हिम बहादुर डिसीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा लाल बहादुर बस्नेत, सचिवमा माया गौतम, राजितराम अहिर कोषाध्यक्ष रहेका छन् ।
त्यस्तै सदस्यहरूमा इन्द्रा कुमारी थारू ऋषि राम वली मन वहादुर घर्ति , लंका शाही, तुल्सी राम सुक्ला निलम सिह नारायणी कुर्मी मान बहादुर रोकाय गोपाल थापा निर्विरोध निर्वाचित भएका छन् ।
त्यसअघि कार्यक्रमका प्रमुख अतिथि महासंघका केन्द्रीय सदस्य नारद प्रसाद शर्माले लामो समयसम्म बाँके जिल्लामा महासंघले आफ्ना गतिविधि संचालन नगरी संस्थागत रूपमा कमजोार भएको र संस्थागत शुन्यता भएकोले केद्रीय समितिको सक्रियताम यो अधिवेशन आह्वान गरिएको बताए ।
महासंघ बाँकेका सचिव तथा कार्यक्रम संचालक हिम वहादुर डिसीले बाँके जिल्लामा सिचाईका समस्या र महासंघको अवस्थाको बारेमा जानकारी दिए । उनका अनुसार महासंघले नयाँ कार्यसमिति चयन सँगै गति लिन विश्वास व्यक्त गरे ।
सिक्टा सिचाईका इन्जीनियर अर्जुन न्यौपानेले अबको निर्माण कार्यको मास्टर प्लान बनाउँदा किसानको प्रतिनिधि मूलक संस्था राष्ट्रिय सिचाई जल उपभोक्ता महासंघसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि दयाराम खड्का, अतिथि प्रदेश समिति सचिव चक्र बहादूर थापा, सिचाई डिभिजन कार्यालयका कृष्ण विष्ट लगायतले बोलेका थिए ।
