सकियो संघ बारे अदालतमा प्रारम्भिक बहस
नेपालगन्ज उद्योग वाणिज्य संघको ३४ औं तथा ३५ औं वार्षिक साधारण सभा र निर्वाचन प्रक्रिया रोक्न माग गर्दै उच्च अदालत नेपालगन्ज इजलासमा दायर भएको रिटमा प्रारम्भिक बहस सकिएको छ ।
संघका पूर्व कोषाध्यक्ष तनबीर जमाल हलवाईले जिल्ला प्रशासन कार्यालय बाँकेमा दिएको उजुरीमाथि सुनुवाइ नभएको भन्दै मंगलबार उच्च अदालत पुगेका थिए ।
निवेदक तनवीर जमाल हलवाईका अनुसार निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ, होला सिंह हमाल, अधिवक्ता सर्वदेव ओझा, प्रलादबहादुर कार्कीले बहस गरेका छन् ।
