संघ : अदालतले दुवै पक्षलाई छलफलका लागि बोलायो

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले नेपालगन्ज उद्योग वाणिज्य संघको ३४ औं तथा ३५ औं वार्षिक साधारण सभा स्थगनका लागि परेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउने अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

संघको साधारणसभा आगामी साउन ३० गते शनिबार हुँदैछ । अदालतले शुक्रबार साउन २९ गते विहान १० बजे दुवै पक्षलाई छलफलका लागि अदालतमा बोलाउने अल्पकालीन अन्तरिम आदेश दिंदै त्यसअघि साधारणसभा सम्बन्धी कार्य स्थगत गर्न भनेको छ ।

संघका पूर्व कोषाध्यक्ष तनबीर जमाल हलवाईले जिल्ला प्रशासन कार्यालय बाँकेमा दिएको उजुरीमाथि सुनुवाइ नभएको भन्दै मंगलबार उच्च अदालत पुगेका थिए ।

निवेदक तनवीर जमाल हलवाईका अनुसार निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ, भोला सिंह हमाल र अधिवक्ताहरु सर्वदेव ओझा, प्रहलाद बहादुर कार्की, पवन कुमार गुप्ता, कपिलदेव शर्माले बहस गरेका छन् ।

Exit mobile version