शैक्षिक उद्यमसँगै समाजसेवामा अग्रसर विकासबहादुर सिंहले जेष्ठ नागरिकलाई ह्वीलचियर सहयोग गरेका छन् ।
विहीवार नेपालगन्ज–२ घरवारीटोलस्थित एक जेष्ठ नागरिकलाई हिढ्डुलमा कठिनाईको गुनासो आएपछि गोल्डेन एबीसीका प्रवन्ध निर्देशक सिंहले आफै पुगेर ह्वीलचियर हस्तान्तरण गरेका हुन् ।
ओलम्पियनसमेत रहेका स्थानीयवासी, पूर्वमन्त्री सुरेन्द्रबहादुर हमाल, पूर्व वडाध्यक्ष सुनिलसिंह हमाललगायतको उपस्थितिमा समाजसेवी सिंहले एकथान ह्वीलचियर हस्तान्तरण गरे । ‘मानव जातीको साझा धर्म परोपकार भएकाले यसमा म सधैं समर्पित छु,’ तीन दशकदेखि यसरी सामाजिक काममा सक्रिय रहेको जानकारी दिंदै सिंहले त्यसैको निरन्तरतामात्रै भएको बताए ।
