संघको साधारणसभा भोलि, अदालतले दिएन अन्तरिम आदेश

नेपालगन्ज उद्योग वाणिज्य संघको ३४ औं तथा ३५ औं वार्षिक साधारण सभा भोलि शनिबार नै हुने भएको छ ।

साधारणसभा रोक्नका लागि उच्च अदालत नेपालगन्ज इजलासमा दायर भएको रिटमा अदालतले अन्तरिम आदेश नदिएपछि साधारणसभामा गर्न बाधा नपर्ने भएको हो ।

गत मंगलबार अदालतमा संघका पूर्व कोषाध्यक्ष तनबीर जमाल हलवाईले साधारणसभा रोक्नका लागि विभिन्न विषय उठाउँदै अदालतमा रिट दायर गरेका थिए । अदालतले अल्पकालीन अन्तरिम आदेश दिएर शुक्रबारसम्म साधारणसभाका कुनै पनि कार्य अगाडि नबढाउन भन्दै शुक्रबार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

शुक्रबार अदालतमा भएको छलफल पछि अदालतले साधारणसभा रोक्नका लागि अन्तरिम आदेश जारी गरेन ।

‘पूर्वनिधारित नेपालगन्ज उद्योग वाणिज्य संघको ३४ औं तथा ३५ औं वार्षिक साधारण भोलि शनिबार हुनेछ’, संघका महासचिव भीम बहादुर रानाभाटले भने ।

Exit mobile version