अभियन्ताको स्मृतिमा दुव्र्यसनको चर्चा

प्रधानाध्यापक सन्ध्या गुप्तालाई ‘नयनराज रावल स्मृति पुरस्कार’

मंगलप्रसाद माध्यमिक विद्यालयकी प्रधानाध्यापक सन्ध्या गुप्तालाई यस वर्षको नयनराज रावल स्मृति पुरस्कार प्रदान गरिएको छ । दमयन्ति फाउन्डेसनले शुक्रबार आयोजना गरेको औपचारिक कार्यक्रममा प्रधानाध्यापक गुप्तालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

युवा विद्यार्थीमाझ लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना फैलाउन गुप्ताले गरेको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको दमयन्ति फाउन्डेसनकी अध्यक्ष इन्दु रावलले बताइन् । उनले मंगल माविमै गुप्ताले विद्यार्थीलाई सत्मार्गमा ल्याउन खेलेको भूमिका प्रति उच्च प्रशंसा गर्दै त्यसैको प्रोत्साहन र सम्मानका लागि पुरस्कृत गरिएकोे बताइन् ।

विद्यालय तहका विद्यार्थीलाई लागुऔषधको जोखिमबाट जोगाउन सचेतनामूलक गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै गुप्तालाई पुरस्कारका लागि छनोट गरिएको फाउन्डेसनले जनाएको छ ।

पुरस्कार प्रदान गर्दै फाउन्डेसनका अध्यक्ष रावलले विद्यार्थीको शैक्षिक विकाससँगै उनीहरूलाई सामाजिक विकृति र लागुऔषध दुव्र्यसनबाट जोगाउन विद्यालय तथा शिक्षकको भूमिका महत्वपूर्ण हुने बताइन् ।

अध्यक्ष रावलले युवा पुस्तालाई लागुऔषध दुव्र्यसनबाट टाढा राख्न विद्यालय तहबाटै निरन्तर सचेतना आवश्यक रहेको बताइन् । गुप्ताले विद्यालयमा विद्यार्थी केन्द्रित सचेतनामूलक गतिविधिमार्फत पु¥याएको योगदानलाई सम्मानस्वरूप पुरस्कार प्रदान गरिएको उनको भनाइ थियो ।

पुरस्कार ग्रहण गर्दै प्रधानाध्यापक गुप्ताले आफ्नो कामलाई समाजले गरिरहेको मुल्यांकनप्रति उत्साह प्रकट गरिन् । त्यसक्रममा आफुले गरेका र गरिरहेका कामबारे गुप्ताले विस्तार पनि गरिन् ।

दमयन्ति फाउन्डेसनले सामाजिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तिको सम्मानसँगै युवा पुस्तामा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले पुरस्कार प्रदान गर्दै आएको जनाएको छ । गत वर्ष यो पुरस्कार पत्रकार रामु ओलीलाई प्रदान गरिएको थियो ।

बाँकेमा लागुऔषध दुव्र्यसनविरुद्धको सचेतना अभियानका अग्रणी व्यक्तित्व नयनराज रावलको दुर्घटनामा ज्यान गएपछि उनको अभियानलाई श्रीमति इन्दु रावलले दमयन्ति फाउन्डेसनमार्फत अघि बढाएकी हुन् । उनै रावलको अभियानमा योगदान दिनेहरुलाई वर्षेनी नगद राशीसहित यो पुरस्कार प्रदान गरिंदै आएको छ ।

शुक्रवार उनै अभियन्ता रावलको दशौं स्मृति दिवस पारेर आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य किरण आचार्य, वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटर, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरे, गैसस महासंघका केन्द्रीय सचिव नमस्कार शाह, जिल्ला अध्यक्ष मन भण्डारी, मंगल मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, समाजसेवी जयकेश सिंह लगायतले बोलेका थिए । रविन्द्र बोहराले सहजीकरण गरेको कार्यक्रममा पत्रकार कमल डांगीले स्वागत गरेका थिए ।

सोही कार्यक्रममा फाउन्डेसनका अध्यक्ष रावलले बास नेपालको भवन निर्माणार्थ केन्द्रिय अध्यक्ष शिव कुमार बर्मालाई रु. ११ हजार १ सय रुपैयाँ सहयोग प्रदान गरेकी थिइन् । बासले रावललाई सम्मान पनि गरेको थियो ।

Exit mobile version