नेपालगन्ज उद्योग वाणिज्य संघद्वारा दुई पत्रकार सम्मानित

नेपालगन्ज उद्योग वाणिज्य संघको वार्षिक साधारण सभामा दुई पत्रकार सम्मानित भएका छन्।

संघले उत्कृष्ट पत्रकारिता पुरस्कारबाट हिमालय टेलिभिजनका नेपालगन्ज संवाददाता निशा शाह र नवोदित पत्रकार पुरस्कारबाट दैनिक नेपालगन्जका पत्रकार सजल गैरेलाई सम्मान गरेको हो।

शाहलाई दोसल्ला, सम्मानपत्र र ११ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ। यस्तै, गैरेलाई दोसल्ला, सम्मानपत्र र ५ हजार १ सय रुपैयाँ नगदसहित सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीलगायतले पत्रकारद्वयलाई सम्मान गरेका थिए।

संघका महासचिव भीमबहादुर रानाभाटका अनुसार नेपाल पत्रकार महासंघ बाँकेको सिफारिसका आधारमा पत्रकारलाई सम्मान गरिएको हो।

Exit mobile version