नेपालगन्जमा फुटबल छनोट खेल

एसियन पेन्ट्स च्याम्पियन कप–२०८३ को लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगिता बाँकेको नेपालगन्जमा हुने भएको छ । स्थानीय आयोजकका अनुसार, भदौ १६ गतेदेखि हुने छनोट प्रतियोगिताका लागि भदौ १० गतेसम्म टिम दर्ता गर्न सकिने भएको हो ।

त्यसका लागि भएको खेलाडी आव्हानमा दुई दर्जन टिमले निवेदन दर्ता गराएको स्थानीय छनोट प्रतियोगिता आयोजक नेपालगन्ज–११ स्पोर्टिज् क्लबले जनाएको छ ।

विद्यालय तहमा फुटबल खेलको विकास, प्रतिभावान खेलाडीको उत्पादन र पहिचान गर्ने उद्देश्यले प्रतियोगिता हुने थालेको हो । द हिमालय टाइम्सको आयोजनामा हुने प्रतियोगिताको लुम्बिनी प्रदेशस्तरीय छनोट खेल नेपालगन्ज रंगशालामा हुने भएको हो ।

१८ वर्षमुनिको विद्यालयस्तरीय राष्ट्रिय फुटबल प्रतियोगितामा महिला र पुरुष खेलाडीले छुट्टाछुट््टै टिम बनाएर सहभागी हुन पाउने नेपालगन्ज स्पोर्टिजका अध्यक्ष घनश्याम थापाले जानकारी दिए ।

नेपालगन्ज रंगशालासँगै प्रतियोगिताअन्तर्गत छनोटका लागि दाङ र बुटवलमा पनि यसखालको प्रतियोगिता राखिएका छन् । सातै प्रदेशबाट उत्कृष्ठ हुने टिमले फाइनलमा काठमाठौंको दशरथ रंगशालामा खेल्न पाउने र उत्कृष्ठ भए नगद एक लाख रुपैयासहित ट्रफि र मेडल प्राप्त गर्ने थापाले बताए । ‘अझैपनि समय छ, सम्पर्कमा आउन आव्हान गरिएको छ,’ पछिल्लो दिनमात्रै तीन नयाँ टिमले आवेदन गरेको जानकारी दिंदै अध्यक्ष थापाले दैनिक नेपालगन्जसँग भने, ‘भदौ १० गतेसम्म आउने टिमलाई छनोट प्रतियोगितामा सहभागिता गराइनेछ ।’

Exit mobile version