आज शनिबार नेपाल प्रेस युनियन बाँकेको साधारणसभा तथा १३ औं जिल्ला अधिवेशन हुँदैछ । जिल्ला अध्यक्ष प्रियास्मृति ढकालका अनुसार, अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व छान्नेछ । उनले सहमतिमै कार्यसमिति निर्वाचित गर्ने प्रयास भैरहेको जानकारी दिए ।
साधारणसभामा सुशिल कोइराला पत्रकारिता पुरस्कार, प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘चाचाजी’ राष्ट्रिय पत्रकारिता पुरस्कार, जगन्नाथ गौडेल स्मृति पत्रकारिता पुरस्कार, प्रेस यूनियन क्रियाशिल पुरस्कार, प्रेस यूनियन उदयीमान पत्रकारिता पुरस्कार वितरण गरिने सचिव भिष्म लोधले जानकारी दिए ।
साधारणसभाको उद्घाटन नेपाली काँग्रेस बाँकेका अध्यक्ष नारायाण गौडेलले गर्ने छन् भने केन्द्रीय प्रतिनिधिका रुपमा मुक्ति बाबु रेग्मीलाई निम्त्याइएको छ ।
