नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि कार्यसमिति चयन गर्नका लागि आज शनिबार मतदान भैरहेको छ । विहानै देखि परेको झरी बीच मतदाताहरु मतदान स्थल भेरी प्राविधिक शिक्षालय पु्गिरहेका छन् ।
२१ पद मतदानबाट छानिने व्यवस्था रहेको उद्योग वाणिज्य संघमा मनोनयन दर्ताका दिन नै उपाध्यक्ष वाणिज्य र दुई एशोसिएसट सदस्य निर्विरोध भएका थिए । उम्मेदवारी दिएर फिर्ता लिइएपछि उपाध्यक्ष उद्योग र वस्तुगत तर्फ दुई सदस्य पनि निर्विरोध भैसकेका छन् ।
२१ मध्ये ६ पद निर्विरोध भएपछि आज १५ पदका लागि २४ जना जनाले प्रतिस्पर्धा गर्दैछन् । जसमा दुई प्यानल सहित अन्य उम्मेदवार प्रतिस्पर्धामा छन । संघमा ३ हजार ८ सय बढी मतदाता रहेका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी कार्यकालको नेतृत्वका लागि संयुक्त प्यानलका चिरञ्जीवि ओली र स्वतन्त्र व्यवसायी समूहका धु्रव प्रसाद दाहालले प्रतिस्पर्धा गर्दैछन् ।
स्वतन्त्र व्यवसायी समूहबाट उपाध्यक्ष महिलामा उमा ग्रान्डन र संयुक्त प्यानलबाट रूपा ओझा ९सानु०ले प्रतिस्पर्धा गर्र्दैछिन् ।
महासचिव पदमा संयुक्त प्यानलबाट विष्णु प्रसाद श्रेष्ठ र स्वतन्त्र व्यवसायी समूहबाट दिपेन्द्र कुमार जोशी उम्मेदवार छन् ।
संयुक्त प्यानलबाट उपमहासचिव पदमा शिव प्रसाद दाहाल र प्रदिप आचार्यले प्रतिस्पर्धा गर्र्दैछन् ।
त्यस्तै, कोषाध्यक्ष पदमा संयुक्त प्यानलबाट टिकामणि उपाध्याय, स्वतन्त्र व्यवसायी समूहबाट सुर्य कुमार श्रेष्ठ र नारायण प्रसाद प्रसाई प्रतिस्पर्धामा छन् ।
निर्वाचन आयुक्तको कार्यालयका अनुसार, १० सदस्य पदका लागि १३ जनाले प्रतिस्पर्धा गर्दैछन् । जसमा स्वतन्त्र व्यवसायी समूहका रामकुमार वैश्य र विकास थापा छन् ।
त्यस्तै, सदस्यमा संयुक्त प्यानलबाट तोप बहादुर थापा, सन्तोष कुमार पौडेल, नन्दराम जैसी, चाँदबाबु अन्सारी, जहाँगिर मुसलमान, आदित्य कुमार गुप्ता, अतुल कुमार गुप्ता, शरदराज अधिकारी, इन्जिनियर नरेन्द्र शाही र शरद प्रसाद रिजाल उम्मेदवार छन् । सदस्यमा सुरज बहादुर भण्डारी पनि उम्मेदवार छन् ।
नेपालगन्ज उद्योग वाणिज्य महासंघका महासचिव भीम बहादुर रानाभाटले शनिबार निर्वाचनका दिन पनि संघबाट मतदाता परिचयपत्र वितरण हुने जानकारी दिएका छन् । उनले परिचय खुल्ने प्रमाणपत्रले मतदान गर्न पाइने सूचना जारी गरेका छन् । महासचिव रानाभाटका अनुसार, नागरिकताको प्रमाणपत्र, सरकारले जारी गरेको मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, वाणिज्य, घरेलु र पालिकामा दर्ता भएको फोटो सहितको प्रमाणपत्र, आन्तरिक राजश्व कार्यालयबाट जारी भएको पान नं। को प्रमाणपत्र र संघले जारी गरेको फोटो सहितको सदस्यता प्रमाणपत्र बिना मतदान गर्न पाइनेछैन ।
