पुरानै ठाउँमा फर्कन खोज्दै सुकुम्बासी, नियन्त्रणमा लिंदै प्रहरी

कोहलपुरका भूमिहीन सुकुम्बासी सरकारले उपयुक्त व्यवस्था नगरेको भन्दै हटाइएको पुरानै ठाउँमा फर्कन खोजेका छन् । भूमिहीन पुरानै ठाउँमा पाल टाँगेर बस्न खोजेपछि प्रहरीले रोकेको छ । त्यसक्रममा शनिबार तनाव समेत सिर्जना भएको छ । प्रहरीले पुरानो ठाउँमा फर्किन थालेका सुकुम्बासीलाई नियन्त्रणमा समेत लिन थालेको छ ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पूर्व केन्द्रीय सदस्य दीपक बहादुर शाहीले राज्यले भूमिहीन, सुकुम्बासीको उचित व्यवस्थापन नगर्दा पुरानै ठाउँमा फर्किन बाध्य भएको बताएका छन् ।

सुकुम्बासी संघर्ष समितिका संयोजक वीर बहादुर परियारले हटाउने बेलामा एक महिना भित्र वैकल्पिक व्यवस्था गर्ने भनेपनि बेवास्ता गरिएपछि पुरानै ठाउँ फर्किन बाध्य भएको बताए ।

नगर विकास समितिको जग्गामा बसेका सुकुम्बासी बस्ती खाली गराइएपछि नगरपालिकाले १ सय २१ परिवारलाई होल्डिङ सेन्टरमा राखेको थियो ।

Exit mobile version