मेरो खुकुरीले दुई स्वर्ण, न्युडको ‘जस्ट बी यु’ले दक्षिण एसिया ग्रान्ड प्रिक्स तथा पोखरा फ्ल्यास मोबले रजत जिते
काठमाडौं । नेपाल डिस्टिलरिज प्रा. लि. (एनडीपीएल) ले फ्लेम अवार्ड्स एसिया २०२६ मा चार प्रमुख सम्मान प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित समारोहमा एनडीपीएलका दुई प्रमुख ब्रान्डका अभियानले दुई स्वर्ण, एक रजत र प्रतिष्ठित दक्षिण एसिया ग्रान्ड प्रिक्स जितेका हुन्।
फ्लेम अवार्ड्स एसियाले दक्षिण एसियामा अनुभवात्मक मार्केटिङ, ब्रान्ड सक्रियता, उपभोक्ता संलग्नता तथा नवीनताका क्षेत्रमा उत्कृष्ट कामलाई सम्मान गर्दै आएको छ। एनडीपीएलका विजयी अभियानहरूको सिर्जनात्मक एजेन्सी आउटरीच नेपाल हो।
यस वर्ष ‘मेरो खुकुरी’ अभियानले दुई स्वर्ण जितेको छ। अभियानले ‘दक्षिण एसिया इमर्जिङ मार्केट अभियान’ र ‘दक्षिण एसिया लास्ट–माइल इनोभेसन’ विधामा स्वर्ण प्राप्त गरेको हो। पुस्तौंदेखि उपभोक्तासँग कायम रहेको खुकुरी ब्रान्डको सम्बन्धलाई अभियानले अपनत्व र आफ्नोपनको अभिव्यक्तिका रूपमा प्रस्तुत गर्दै उपभोक्तालाई ब्रान्ड कथाको केन्द्रमा राखेको थियो।
त्यस्तै, एनडीपीएलको न्युड ब्रान्डको ‘जस्ट बी यु’ अभियानले दक्षिण एसिया ग्रान्ड प्रिक्स प्राप्त गरेको छ। व्यक्तिगत पहिचान, प्रामाणिकता र आत्म–अभिव्यक्तिमा केन्द्रित अभियानले ब्रान्डको विश्वासलाई साहसी तथा सांस्कृतिक रूपमा सान्दर्भिक सञ्चारमार्फत प्रस्तुत गरेको कम्पनीले जनाएको छ।
पोखरा फ्ल्यास मोब अभियानले ‘स्मल बजेट क्याम्पेन–दक्षिण एसिया’ विधामा रजत जितेको छ। सीमित बजेटमा पनि स्थानीय उपभोक्ता बुझाइ, सिर्जनशील अवधारणा र प्रभावकारी कार्यान्वयनमार्फत उल्लेखनीय प्रभाव सिर्जना गर्न सकिने अभियानले देखाएको दाबी कम्पनीको छ।
एनडीपीएलका अनुसार चारवटै सम्मान फरक अभियान र विधाबाट प्राप्त भए पनि तिनको आधार मानिस र संस्कृतिको गहिरो बुझाइ हो। कम्पनी र आउटरीच नेपालको सिर्जनात्मक साझेदारीमार्फत ब्रान्ड रणनीति, उपभोक्ता अन्तर्दृष्टि, सिर्जनशीलता र कार्यान्वयनलाई एकीकृत गर्दै नेपाली परिवेशमा आधारित कामलाई क्षेत्रीय मञ्चमा पुर्याइएको बताइएको छ।
कम्पनीले यी सम्मानलाई अवार्डको संख्याभन्दा पनि नेपाली बजार र उपभोक्ताबाट जन्मिएका सिर्जनात्मक विचारले दक्षिण एसियाका उत्कृष्ट कामसँग प्रतिस्पर्धा गर्न सक्ने प्रमाणका रूपमा लिएको जनाएको छ।
चार अवार्ड, दुई ब्रान्ड र नेपाली सिर्जनशीलताका लागि महत्वपूर्ण उपलब्धिका रूपमा यस सफलतालाई हेरिएको छ।
