नेउवा संघमा करिब ५३ प्रतिशतले गरेनन् मतदान

३ हजार ८ सय ६३ मतदाता मध्ये १ हजार ८ सय ४७ मत मात्रै खस्यो

नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि मतदान निराशजनक रह्यो ।

३ हजार ८ सय ६३ व्यवसायी मतदाता मध्ये १ हजार ८ सय ४७ मत मात्रै खसेको संघका महासचिव भीम बहादुर रानाभाटले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । कुल मतदाता मध्ये ४७.८३ प्रतिशतले मात्रै आगामी कार्यसमिति चयनका लागि मतदान गरेका छन् । जसमध्ये अधिकांस नेपालगन्ज बजार क्षेत्रको मात्रै रहेको बताइएको छ ।

दिउँसोसम्म परेको झरीका कारण नेपालगन्ज टाढा रहेका बाँकेका व्यवसायी मतदातालाई अप्ठ्यारो भएपनि त्यसपछि मौसम सफा रहेको थियो । यद्यपि, व्यवसायी मतदानमा खासै उत्साह नदेखिएको हो ।

Exit mobile version