सदस्यहरू तथा स्थानीय बासिन्दाहरूसहित करिब १२० जना सहभागी, जीवन बचाउने रक्तदानमा हातेमालो
लुम्बिनी प्रदेशको नेपालगन्जमा जीवन बचाउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरियो । अगस्ट २३ तारिख, विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू(अध्यक्ष जाङ गिल जा, यसपछि ‘वीलभयू’ भनिएको)ले नेपालगन्ज उप.म.न.पा वडा नं. १० स्थित नेपाल रेडक्रस सोसाइटोको भवनमा ‘९२१औँ विश्वव्यापी रक्तदान कार्यक्रम’ सञ्चालन गऱ्यो । कार्यक्रममा वीलभयूका सदस्यहरू र छिमेकीहरू गरी करिब १२० जना सहभागी भए ।
यस कार्यक्रमको उद्देश्य स्थानीय समुदायमा स्वैच्छिक रक्तदानको संस्कृति फैलाउनुका साथै रगतको आपूर्तिमा सहयोग पुऱ्याउनु थियो । एक व्यक्तिको रक्तदानले अर्को व्यक्तिको सहभागितालाई प्रेरित गर्दै जीवन बचाउने सहयोगको सकारात्मक चक्र निर्माण होस् भन्ने उद्देश्यले वीलभयूले ‘विश्वव्यापी रक्तदान कार्यक्रम’ सञ्चालन गर्दैआएको छ ।
वीलभयूका एक प्रतिनिधिले भने, “रक्तदानका लागि आफ्नो अमूल्य समय निकालेर सहभागी हुनुभएका सबैप्रति हामी आभारी छौं । धेरै नागरिकहरू एउटै उद्देश्यका लागि एकजुट हुनुभएकोले यो कार्यक्रम स्थानीय समुदायका लागि न्यानो शक्ति बनोस् भन्ने आशा गर्दछौं ।”
कार्यक्रम बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म जारी रह्यो । सहभागीहरूले रक्तदानको प्रक्रियाअनुसार पालैपालो जीवन बचाउने कार्यमा सहभागिता जनाए । तीमध्ये कुल ६० जनाले रक्तदान गरी २७०००㎖ रगत दान गरे। नेपाल रेडक्रस सोसाइटी नेपालगन्ज शाखाले रक्तदानको सम्पूर्ण प्रक्रियामा सहयोग गर्दै कार्यक्रमलाई साथ दियो ।
लुम्बिनी प्रदेश सरकारका,आन्तरिक मामिला,कानुन,उधोग तथा यातायात मान्त्री माननिय भण्डरीलाल यादब ज्यूले “ यहाँहरूले ठूलो पुन्यको काम गर्नुभएको छ,यहाँहरूलाइ लुम्बिनी प्रदेश र मेरो तर्फबाट धेरै धेरै धन्यबाद भन्न चाहन्छु, आगामी समयमा यस्तो कार्य निरन्तर शहर साथै गाउ गाउमा गर्नुहुन अनुरोध गर्दछु ”,भन्दै सहभागीहरूलाई प्रोत्साहन दिए ।
रक्तदान सम्पन्न गरेका मिन बहादुर पुनले “वी लभ यु फाउण्डेशले आयोजना गरेको ‘९२१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम’मा सहभागी भइ रक्तदान गर्न पाउँदा असाध्यै गौरववान महुसुस भएको छ । एउटी आमाले सन्तानलाइ आफ्नो रगत बगाएर जीवन दिए जस्तै मैले पनि १ पोइन्ट रगत दिएर १ जना व्यतिलाइ बचाउन पाएको छु, उत्कृष्ट प्रेरणा दिनुहुने फाउण्डेसनकी अध्ययक्ष अध्यक्ष जाङ गिल जा ज्यूलाइ धन्यबाद व्यत गर्दछु ।” भन्दै आफ्नो अनुभव सुनाए ।
यस महिनामा वीलभयूका रक्तदान कार्यक्रमहरू १९ तारिख टीकापुरमा सम्पन्न भएको छ , २३ तारिख काठमाडौंमा सम्पन्न भएको छ तथा २६ तारिख पोखराको लेखनाथमा पनि निरन्तर आयोजना गर्ने योजना रहेको छ ।
वीलभयूले रक्तदान मात्र होइन, नेपालका विभिन्न स्थानमा वातावरण सरसफाइ, शिक्षा सहयोग तथा जोखिममा रहेका वर्गलाई सहायता प्रदान गर्ने जस्ता विविध कल्याणकारी गतिविधिहरू सञ्चालन गर्दैआएको छ । गण्डकी प्रदेशको गोरखा तथा बागमती प्रदेशको भक्तपुर मध्यपुर ठिमी लगायत क्षेत्रका विद्यालयहरूमा शैक्षिक प्रयोजनका लागि टेलिभिजन, स्कुल ब्याग, कपडा र पङ्खाजस्ता सामग्री सहयोग गर्नुका साथै विद्यालयको साइनबोर्ड जडान र पर्खाल मर्मत गरेर शैक्षिक वातावरण सुधार गर्नमा पनि योगदान पुऱ्याएको छ । त्यसै गरी वातावरणीय कल्याणकारी गतिविधि रहेको ‘क्लिक वर्ल्ड अभियान’ र वृक्षारोपण गरेर हरितगृह ग्याँस न्यूनीकरण गर्ने ‘आमाको उद्यान(Mom’s Garden)’ परियोजनामार्फत दिगो जिउने वातावरण निर्माण गर्दै आएको वीलभयूले विपद्का समयमा राहत तथा पुनर्स्थापना कार्यमा पनि सहयोग पुऱ्याउँदै आएको छ । सन् २०१५ को महाभूकम्पका पीडितहरूका लागि राहत, भारी वर्षाबाट प्रभावित परिवारका लागि नयाँ घर निर्माण सहयोग तथा कोभिड–१९ महामारीका समयमा संक्रमण रोकथाम सामग्री प्रदान गर्ने जस्ता गतिविधिहरू सञ्चालन गरिएको थियो ।

वीलभयूले सन् २००४ मा कोरियाबाट ‘विश्वव्यापी रक्तदान अभियान’ सुरु गरेर २० वर्षभन्दा बढी समयदेखि विश्वका विभिन्न देशहरूमा निरन्तर रक्तदान कार्यक्रम सञ्चालन गर्दैआएको छ । कोरियासहित ६७ देशमा कुल १ लाख ५१ हजार ३७ जना सहभागी भएका छन् र ६७ हजार ८४८ जनाले रक्तदान गरेका छन् । एक पटकको रक्तदानले अधिकतम तीन जनाको जीवन बचाउन सकिने कुरालाई विचार गर्दा, करिब २ लाख मानिसको जीवन बचाउन योगदान पुऱ्याएको मान्न सकिन्छ (सन् २०२६ जुनसम्मको तथ्याङ्कको आधारमा) ।
संयुक्त राष्ट्रसंघको DGC(सार्वजनिक सूचना विभाग)सँग सहकार्य गर्ने एक गैरसरकारी संस्था अन्तर्राष्ट्रिय वीलभयूले ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराअन्तर्गत मानवीय गतिविधिहरू सञ्चालन गर्दछ । वीलभयूले १०२ देशमा वातावरण संरक्षण, आपत्कालीन राहत, पानी तथा सरसफाइको प्रत्याभूति, गरिबी तथा भोकमरी न्यूनीकरण, स्वास्थ्य सेवा, स्थानीय समुदाय कल्याण र शिक्षा सहयोग लगायत विभिन्न क्षेत्रमा ११,१०० पटक भन्दा बढी गतिविधि सञ्चालन गरिसकेको छ । यस्ता निःस्वार्थ गतिविधिहरूको कदरस्वरूप, वीलभयूले अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, गणतन्त्र कोरियाको पदक, इक्वेडरको राष्ट्रिय सभा पदक र कम्बोडियाको राजकीय पदक जस्ता १,१०० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । नेपालमा पनि काठमाडौं र कीर्तिपुरका मेयरहरूबाट प्रशंसा-पत्र तथा नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट प्रशंसा-पत्र प्राप्त गरेको छ ।