भोटेकोशी बाढीः तीन जनाको शव भेटियो, पाँच जनाको उद्धार

बाढीले प्रभावित नुवाकोटको केन्द्रीय कारागार त्रिशूली (नुवाकोट), १० भदौः रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पस्थित केन्द्रीय कारागारमा बाढीले पुर्‍याएको क्षति । यहाँको प्रशासनिक भवन र नेपाल प्रहरीको सुरक्षा एकाईको भवनमा क्षति पुर्‍याएको छ भने कारागारमा आंशिक प्रभाव पुगेको छ । अहिले कैदीबन्दीलाई सुरक्षित ब्लकमा राखिएको छ । तस्बिर: रामहरि न्यौपाने/रासस

भोटेकोशी बाढीमा परी तीन जनाले ज्यान गुमाएका छन् । त्रिशूली नदी किनारमा तीन वटा शव भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख विपिन रेग्मीको अनुसार त्रिशूलीको किनार सिमचउरमा दुई वटा र कोल्पुटारमा एक जनाको शव फेला परेको हो । शवको पहिचान भने भएको छैन । बाढीमा फसेका पाँच जनालाई उद्धार गरिएको छ ।

उनीहरूलाई विदुर नगरपालिका–४ स्थित चक्रदेव अस्पताल पुर्याइएको छ । बाढीले सडक र पुल बगाएकाले त्रिशूली अस्पतालसँगको सडक सम्पर्क विच्छेद भएको उहाँले जानकारी दिनुभयो ।

Exit mobile version